मोटोपन घटाउने ८ उपाय यस्ता छन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ फाल्गुन २०७४, बुधबार ०४:३६

मोटोपन घटाउने घरेलु उपायहरु पनि थुप्रै छन् । कतिपय हामी जानेर पनि नगरेका छौ भने कति नजानेर पनि । जस्तै कागती पानी, खैरो चामलको भात, गुलियोबाट टाढा, पानी धेरै पिउने, काँचो लसुन, मांसाहारी भोजनबाट टाढा, धेरै सागसब्जी र फलफूल खाने , खानामा तौल बढाउने खालका मसलाको प्रयोग नगर्ने, बदामको प्रयोग र शारारिक ब्यायाम नियमित गर्नाले पनि मोटोपन घट्ने गर्छ ।

हाम्रै घरआँगनमा पनि थुप्रै छन् मोटोपन घटाउने उपाए । यी हुन मोटोपन घटाउने उपायहरु

-आफ्नो दैनिकी कागतीको रसबाट सुरु गर्नुहोस्( मनतातो पानीमा कागती निचोरेर रस राख्नुहोस् र केही नुन समेत थप्नुहोस् । यसरी बनाइएको कागती पानीलाई हरेक विहान पिउने गर्नुहोस् । यसले पेटको बोसो घटाउने मात्र होइन पाचन क्रिया पनि नियमित गर्छ ।

-खाना बढी खाने बानी त्याग्नुहोस् । अर्थात दैनिक एक पटक खानाको साटो गहुँको पिठोबाट बनेका रोटी तथा अन्य परिकार, मकैको च्याँख्लाको भात, ब्राउन राइस खाने गर्नुहोस् ।

-चिनिजन्य परिकार जस्तै मिठाइ, चिनियुक्त गुलियो ड्रिंक्स, तथा तेल बढि मात्रामा भएको परिकार नखानुस् ।

-प्रसस्त मात्रामा पानी पिउनुहोस् । एकैचोटी धेरै पानी पिने र लामो समय पानी नपिउने नगरि नियमित रुपमा केही समयको अन्तरालमा पानी पिउने गर्नुपर्छ । यसले उपापचयनलाई सन्तुलित गराउने तथा सरीरमा रहेका विषाक्त पदार्थ समेत उत्सर्जन गर्नमा सहयोग पूराउँछ ।

-काँचो लसुन खानुहोस् । हरेक विहान २/३ केश्रा काँचो लसुन चपाउनुहोस् र त्यसपछि कागती पानी खानुहोस् ।

-मासुजन्य तथा बोसोयुक्त परिकारको सेवन अत्यन्तै कम गर्नुहोस् ।

-साकाहारी जिवनशैली अपनाउनुहोस् । हरेक विहान तथा बेलुकी फलफूल खाने गर्नुहोस् । यसले भोक कम गर्ने मात्र नभै सरीरमा आवश्यक एन्टीअक्सिडेन्ट, भिटामिन तथा लवणको आपूर्ति गर्दछ ।

-तरकारीमा अदुवा, लसुन, मरिच तथा दालचिनी जस्ता मसला राखेर पकाउनुहोस् । यसले इन्सुलिन प्रतिरोधी क्षमतामा सुधार गर्नुका साथै रगतमा रहेको सुगर लेभल समेत सन्तुलन गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१