मृत छोराको शुक्राणु प्रयोगबाट राजश्री बनिन् हजुरआमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ फाल्गुन २०७४, मंगलवार ०५:०६

दुई वर्षअघि क्यान्सरबाट २७ वर्षे छोरा गुमाएकी एक आमाले आफ्नो कोशिशबाट उनलाई ‘पुनर्जीवन’ दिएकी छिन्।

भारतको पुणेकी ४९ वर्षीया शिक्षिका राजश्री पाटिलले एक सरोगेट आमाको मद्दतबाट अविवाहित छोरा प्रथमेशका जुम्ल्याहा बच्चा जन्माइदिएकी छन्।

यो चमत्कार होइन, विज्ञानको कमाल हो । जसले २७ वर्षे जवान छोरो गुमाएकी एक आमाको मुस्कान फिर्ता ल्याइदिएको छ।

प्रथमेसका जुम्ल्याहा बच्चाको जन्म उनको शुक्राणुबाट गरिएको हो । जसलाई उनको मृत्यु हुनुपहिले सुरक्षित गरिएको थियो । छोरा क्यान्सरबाट मुक्त हुन नसक्ने डाक्टरले बताएपछि उनले यस्तो उपाय अपनाएकी थिइन् । डाक्टरलाई छोराको शुक्राणु सुरक्षित गरिदिन अनुरोध गरेकी थिइन्।

पुणेमा सिंघड कलेजपछि थप अध्ययनका लागि उनका छोरा प्रथमेश सन् २०१० मा जर्मनी पुगेका थिए । सन् २०१३ मा थाहा भयो कि उनलाई ब्रेन ट्युमर छ । जुन खतरानक तहमा पुगिसकेको छ । त्यही समयमा उनका वीर्य सुरक्षित राखियो । एक ३५ वर्षीया महिलाई सरोगेट आमाको रुपमा उनको वीर्य प्रयोग गरियो । जसबाट एक नाती र एक नातिनीको हजुरामा बन्ने शौभाग्य राजश्रीले पाएकी छिन्।

उनले भनेकी छिन्, ‘मैले छोरा फिर्ता पाएँ । म मेरो छोराको निकै निकट थिएँ । ऊ पढ्नमा तेज थियो । इञ्जिनियरिङमा मास्टर्ससम्मको पढाइ सकेको थियो।’

प्रथमेशले आफ्नी आमा र बहिनीलाई आफ्नो शेषपछि वीर्यका नमूना कुनैपनि प्रयोजनका लागि प्रयोगमा ल्याउन अनुमति दिएका थिए । तर, राजश्रीलाई यसमा आफू सफल हुने अपेक्षा भने कम थियो।

मृत प्रथमेशको वीर्य एक गैर–पारिवारिक महिलाको अण्डाणुसँग मेल गराइयो । मेल गराएपछि नजिकको आफन्तको गर्भमा राखियो । फ्रेबु्रअरी १२ मा ती बच्चाको जन्म भयो । यसरी जन्मेका नातीको नाम प्रथमेस राखिएको छ भने नातिनीको नाम प्रिशा।

जर्मनीमा संरक्षित वीर्य भारत ल्याएर पुणेकै एक अस्पतालको आइवीएफमा यी कार्य गरिएको थियो । बीबीसी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०