एक्स्पर्ट सूर्योदय क्वीज सिजन टु सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ फाल्गुन २०७४, सोमबार १३:३८

काठमाडौँ । सूर्योदय टेलिभिजनको आयोजनामा आइतबारदेखि एक्स्पर्ट सूर्योदय क्वीज सिजन टु सुरु भएको छ । क्वीजको एक कार्यक्रममका बीच सूर्योदय टेजिभिलनका अध्यक्ष मनोज उप्रेतीले उद्घाटन गर्नु भयो ।
उद्घाटन कार्यव्रmमलाई सम्बोधन गर्दै अध्यक्ष उप्रेतीले यस्ता कार्यव्रmमहरु विद्यार्थीको करियरका लागि महत्वपूर्ण प्लेटफर्म हुने बताउनु भयो । टेजिभिजन सेटबाट प्रसारण हुने मोफसलकै ठुलो राशीको हाजिरीजवाफ प्रतियोगिताको रुपमा रहेको यो कार्यव्रmम गत बर्षबाट सुरु भएको हो । सिजन वन कै निरन्तरताका रुपमा यस बर्ष पनि प्रतियोगिता आयोजना गरिएको कार्यव्रmम संयोजक देवी गौतमले बताउनु भयो । यस कार्यव्रmमलाई निरन्तरता दिइने र अझ व्यापक बनाउँदै लगिने कार्यव्रmमको मुख्य प्रायोजक संस्था एक्स्पर्ट एजुकेसन एन्ड भिजा सर्भिसेसका व्यवस्थापक कृष्ण खतिवडाले बताउनु भयो ।
प्रतियोगितामा प्रदेश एकका विभिन्न विद्यालय तथा क्याम्पसबाट ४२ टिम सहभागि रहेका छन् । सहभागि टिममध्ये विजेता टिमले ५० हजार नगद र प्रमाण पत्र पाउँने छन् । आइतवारबाट लीग राउण्ड सुरु भएका छ । यस चरणबाट विजेता बनेकाहरु सेमी फाइनलमा प्रवेश गर्ने छन् । लीग गरणको छनौट कार्यव्रmमलाई यहि फागुन २० गतेदेखि सूर्योदय टलिभिजनबाट प्रसारण गरिने कार्यव्रmम संयोजक गौतमले बताउनु भयो । लीग चरणबाट छनौट भइ सेमी फाइनल र फाईनल राउण्डलाई प्रत्यक्ष प्रसारण गरिने सूर्योदय टेलिभिजनकी प्रबन्ध निर्देशक विष्णु मैनालीले बताउनु भयो । उद्घाटन कार्यव्रmमका अवसरमा साहित्यकार पुन्यप्रसाद खरेल, पत्रकार महासघ झापाका सचिव सन्तोष आचार्य, सूर्योदय टेलिभिजनका प्रशासन प्रमुख याम विमली, कार्यव्रmम निर्देशक दिपेन भेटवाल लगायतले शुभकामना दिनु भएको थियो । लीग राउण्डको छनौट कार्यव्रmम फागुन १६ गतेसम्म हुनेछ । बिराटज्योति इङलिस स्कूल बिर्तामोड, गोमेन्द्र कलेज बिर्तामोड, मनकामना कलेज बिर्तामोड, कोहेड कलेज बिर्तामोड, कनकाई मल्टिपल कलेज सुरुङ्गा र आउट फिट फेसन बिर्तामोडले सहयोग गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०