कान्तिपुरको जवाफः सुमार्गी सम्मानित व्यक्तित्व

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ फाल्गुन २०७४, शनिबार ०५:४४

काठमाडौं ।  कान्तिपुरले व्यापारी अजयराज सुमार्गी सम्मानित व्यक्तित्व भएको बताएको छ । सुमार्गीले काठमाडौं जिल्ला अदालतमा दायर गरेको गाली बेइज्जती मुद्दाको जवाफ दिँदै कान्तिपुरले सुमार्गी सम्मानित व्यक्ति भएको उल्लेख हो ।
यद्यपी उनका ‘सम्बन्धमा लागेका आरोप र आएका कुरा जस्ताको तस्तै जनता समक्ष समाचार माध्यमले ल्याउनु पत्रकारिताको धर्म भएको कान्तिपुरले उल्लेख गरेको छ ।

जवाफमा कान्तिपुरले कोही कसैलाई गाली बेइज्जती हुने गरी तथ्यलाई तोडमरोड गरी समाचार प्रकाशन तथा प्रकाशन नगरेको दावी समेत गरिएको छ । जवाफमा भनिएको छ, ‘प्रकाशित विभिन्न अंकका समाचारहरू सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई राष्ट्र बैंकले अनुसन्धानका लागि पठाएको रिपोर्ट, विदेशबाट ल्याएको रुपैयाँको विवरण, उक्त रिपोर्टको आधारमा सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ले गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनहरूको आधारमा यथार्थ समाचार प्रकाशन गरेको हो।’

सुमार्गीले जग्गाबारे उठाएको विषय पनि मिथ्या भएको दाबी जवाफमा उल्लेख छ भने सुमार्गीद्वारा दायर गालीबेइज्जती मुद्दा खारेज गर्न समेत माग गरिएको छ।
सुमार्गीले कान्तिपुर पब्लिकेसन्स प्रालि, अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया र प्रधान सम्पादक सुधीर शर्मालाई विपक्षी बनाएर पुस २३ गते काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१