राजधानीको टुडिँखेलमा बुद्ध बर्न इन नेपाल (सास्वर वाचन) : अक्क्ल तामाङ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ फाल्गुन २०७४, शुक्रबार २०:४६

बुद्ध नेपालमा जन्मेका हुन् भन्ने कुरा विश्व समुदायमाझ पुर्याउने तथा गिनिज बुकमा रेकर्ड राख्ने उद्धेश्यले ‘विश्व किर्तिमानी परिषद नेपाल’ले गिनिज बुकमा रेकर्ड राख्ने उद्देश्यले यसै फाल्गुन १९ गते शनिवारका दिन राजधानीको टुडिँखेलमा आयोजना गर्न लागेको बुद्ध बर्न इन नेपाल शीर्षकमा एकै स्थानमा एकै पटक सबैभन्दा मानिसको सहभागितामा सास्वर वाचन ( Most People Reading Aloud simultaneously -single Location) नामक कार्यक्रम गर्न लागेको छ ।
उक्त कार्यक्रमको तयारी र व्यवस्थापनको बारेमा उक्त अभियानका वरिष्ठ उपाध्यक्ष समेत रहेका अक्क्ल तामाङसँग गरेको कुराकानीमा आधारित
कार्यक्रमको उद्देश्य
बुद्ध नेपालमा जन्मेको कुरा विश्व समुदायलाई विदितै छ । तर पनि यस विषयमा कहिले काहीँ बुद्धको जन्मभुमिको बारेमा भारतीय पक्षबाट केही केही टिकाटिप्पणीहरु उठ्ने गरेका छन् । त्यसको बारेमा विश्व समुदायलाई स्पष्ट पार्ने उद्धेश्यले यस कार्यक्रमको आयोजना गरिएको हो । यसै गरि बुद्धको सन्देश एकै ठाउमा राखेर धेरै मान्छेलाई पढाउदा विश्वमा सकारात्मक सन्देश को प्रवाह समेत हुने हुदाँ गिनिज वल्र्ड रेकड्समा दर्ता दर्ता भएको संस्था विश्वकिर्तिमानी परिषद नेपालको प्रस्तावनामा बुद्ध बर्न ईन नेपाल शीर्षकमा एकै स्थानमा एकै पटक सबैभन्दा मानिसहरुको सहभागितामा गौतम बुद्धको धम्मपदका सारगत अंशहरुको वाचन गर्न लागिएको हो । अहिले सम्मको गिनिजि बुक वल्र्ड रेकर्डमा १६ औ शताब्दीका एक भारतीय एक कविको कविता सन् २०१४ मा भारतमा ४६ हजार ६ सय ६० मानिस एकै ठाउमा उपस्थिती भएको रेकर्ड छ । त्यो रेकर्डलाई तोड्दै गिनिज बुकमा नयाँ रेकर्ड राख्ने उद्धेश्यले यस कार्यक्रम आयोजना गर्न लागिएको हो । करिब ७५ हजार मानिसको उपस्थितीमा यस कार्यक्रमलाई सम्पन्न गर्न लागिएको छ । यस कार्यक्रममा पुर्व प्रधानमन्त्रीहरुलाई संरक्षक तथा कलाकार, लेखक, पत्रकार बुद्धिजीवीहरुलाई कार्यक्रमको सद्भावना दुत बनाईएको छ । राष्ट्रिय व्याक्तित्वहरुको उपस्थितीमा यस अभियानलाई सफल पार्न लागिएको छ ।

व्यवस्थापन

हामीले आर्किटेक्चरको सल्लाहा बमोजिम ७५ हजार जनाको लागि सिट प्लानिङ गरेका छौँ । ७५ हजार सिट मध्ये चार हजार भिआईपी सिट छुट्याएका छौँ । आर्किटेक्चरको सल्लाह अनुसार हामीले १५ सय क्लस्टर बनाएका छौँ । एक क्लस्टरमा ५० जनाको दरले मानिसहरु राखेर त्यसको व्यव्स्थापन गर्दै छौँ । हाम्रो अभियानलाई सहयोग स्वरुप नेपाल आर्मीले १५०० जना आर्मी पठाउने निर्णय गरेकोे छ । एक जना आर्मीलाई एक क्लस्टरको जिम्मेवारी दिईने छ । यसै गरि हामीले चार ओटा मुल गेटबाट सहभागीहरुलाई भित्र प्रवेश गराउने छौँ । सहभागीको लागि हामीले पासको व्यवस्था गरेका छौँ । उक्त पासमा नै कुन गेटबाट जाने कुन समयमा जाने भन्ने उल्लेख छ । सहभागीहरु कार्यक्रम भित्र प्रवेश गरिसके पछि कार्यक्रम नसकिएसम्म बाहिर जान नपाउने व्यवस्था गरेका छौँ ।
यसै गरि सुरक्षाको सवालमा शसस्त्र प्रहरीले बाहिरी घेरामा सुरक्षा प्रदान गर्ने छ । यस्तै नेपाल प्रहरीले भित्री घेराको सुरक्षा गर्ने छ ।
यसै गरि आर्थिक स्रोतको व्यवस्थापन १३ जनाको मुल आयोजक समितिले गर्दै आएको छ । यस कार्यक्रम सम्पन्न गर्दा करिब २ करोड १८ लाख लागत लाग्ने हाम्रो अनुमान छ । यसको व्यव्स्थापन कार्यक्रम आयोजक मुलसमितिका १३ जना सदस्यले व्याक्तिगत रुपमा उठाएर गर्दै आएका छौँ । हाम्रो अभियानलाई साथ दिदैँ नेपाल प्रहरी, नेपाल आर्मी तथा अन्य विभिन्न संस्था तथा व्याक्तित्वले आर्थीक सहयोग गर्ने समेत प्रतिवद्दता व्यक्त गर्नुभएको छ ।
तयारी
यस कार्यक्रमको तयारी अन्तिम चरणमा पगिसकेको छ । कार्यक्रमको लागि स्वंयमसेवकहरु खटाउदै आएका छौ । यति बेला करिब २५०० स्वंयमसेवकहरु यसको तयारीमा लागिरहनु भएको छ ।
सहयोगको लागि अपिल
नेपाललाई विश्वसामु चिनाउने यस महाअभियानमा उपस्थित हुनको लागि सम्पुर्ण महानुभावहरुमा हार्दिक अनुरोध गर्दछु । तपाई यस कार्यक्रममा उपस्थिती भएर हाम्रो अभियानलाई साथ दिन आग्रह गर्न चाहान्छु । कार्यक्रममा उपस्थिती हुनको लागि आवश्यक पास हाम्रो अभियानको वेभसाईट www.budhhabornnepal.com.np , यस्तै हाम्रो अभियानको कार्यलय नेशनल मिडिया सेन्टर बालुवाटारबाट समेत लिन सक्नु हुनेछ । यस्तै आर्थिक सहयोगको लागि हाम्रो अभियानको वेभसाईटमा गएर अनलाईन पे- मार्फत् पनि सहयोग गर्न सक्नुहुने छ ।

तामाङ सँगको कुराकानीमा आधारित , समाजसेवी अक्कल तामाङ शिक्षा, स्वास्थ्य तथा वातारणका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएका छन । तामाङले नेपालको शिक्षा क्षेत्रमा विभिन्न कामहरु गर्दै आएका छन् । प्राकृतिक प्रकोपकोका कारण क्षति ग्रस्त विद्यालयको पुर्ननिर्माण तथा लाईब्रेरीको निर्माणमा सहयोग गर्दै आएका छन् । उनी वेल्फेयर भोलुन्टीअर एशोसिएसन नेपाल, नेपाल कोरिया शोसल कल्चर एक्सचेन्जको वर्तमान अध्यक्ष रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१