नेपाल टेलिकमको ४० लाख रुपैयाँ महानगरपालिका के गर्यो ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ फाल्गुन २०७४, शुक्रबार ०६:४७

काठमाडौं ।  नेपाल टेलिकमले काठमाडौंका सडकहरु फोहोररहित हरियाली बनाउन काठमाडौं महानगरपालिकालाई ४० लाख रुपैयाँ दिएको ठिक १ बर्ष भैसकेको छ। नेपाल टेलिकम अगाडी  सडक छेउछाउमा रहेका टहरा हटाई  बोटविरुपवा रोपेर हरियाली बनाउनका लागि टेलिकमले सो रकम दिएको हो । टेलिकमको १३ औं वार्षिक उत्सवको अवसरमा  टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले हरियाली सडक अभियान अन्तर्गत महानगरपालिकालाई रकम दिएको जानकारी दिएको थिइन्। सो रकम तेतिबेलाका सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले काठमाडौं महानगरपालिकाका पूर्व कार्यकारी अधिकृत रुद्रसिंह तामाङलाई हस्तान्तरण गरेका थिए ।

काठमाडौं महानगरपालिकालाई ४० लाख रुपैयाँ दिएको ठिक १ बर्ष भैसक्दा नत महानगरपालिकाले सरसफाई तथा टहरानै भत्कायो नत नेपाल टेलिकमले ४० लाख रुपैया दिएर कुनै वास्तानै गर्यो ?   किन यस्तो भ्रष्टाचार हुदै छ  ? यो बारेमा हामिले बुझ्ने प्रयास गरेका छौ । केहि दिनमा सत्यतथ्यका साथ यो समाचार बाहिर ल्याउने प्रयत्न गरिरहेका छौ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०