टुँडिखेलमा ७५ हजार मानिस भेला भएर बुद्धको उपदेश पढेर नयाँ रेकर्ड बनाउने तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ फाल्गुन २०७४, शुक्रबार ०६:१५

काठमाडौं । शान्तिका अग्रदुत भगवान गौतम बुद्ध नेपालमा जन्मेका हुन्।गौतम बुद्ध नेपालमा जन्मेर विश्वभरी नै शान्तिको सन्देश फैलाए। गौतम बुद्ध र उनले प्राप्त गरेको ज्ञानका अनुयायी विश्वभर छन् ।

गौतम बुद्धको जन्मस्थान बारे गलत प्रचारका कारण विश्वमा गौतम बुद्धको जन्मस्थान बारे गलत भ्रम पैदा भइरहेको छ।

गौतम बुद्धको जन्मस्थान बारे ‘बुद्ध वाज बोर्न इन नेपाल’ भनेर माघ २७ गते काठमाडौंको टुडिखेलमा बुद्ध नेपालमा जन्मेका हुन् भनेर विश्वलाई सन्देश दिन र बुद्ध जन्मभूमि नेपाल हो भनेर चिनाउन भब्य कार्यक्रमको आयोजना गरिदैंछ।

चर्चित गायक धिरज राइले माउण्टेन टेलिभिजनको कार्यक्रम माउन्टेन संवादमा कुराकानी गर्दैं भने-गौतम बुद्ध भारतमा जन्मिएका हुन् भनेर भारतको पाठ्यक्रममा राखिएको सुनेको छु र बिभिन्न माध्यमबाट बुद्ध भारतमा जन्मिएका हुन् भनेर गलत प्रचार भइरहेकोमा मलाई दु:ख लागेको छ।

यहि फागुन १९  गते काठमाडौंको टुडिखेलमा ७५  हजार नेपालीहरु जम्मा भएर बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिन र ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउने धिरज राइले बताए।

राईले त्यसदिन पचास हजार नेपालीहरु भेला गर्ने काम धेरै चुनौतीपूर्ण भएको बताउदै,फागुन २७ गते देशभक्त नेपालीहरुलाई टुडिखेलमा जम्मा हुन आग्रह गरे।

उक्त कार्यक्रमको लागी संचारकर्मी रवि लामिछाने र आफू लगायतका टिमले काम गरिरहेको राइले बताए।

सैनिक मञ्च टुँडिखेलमा ७५  हजार मानिस भेला भएर बुद्धको उपदेश पढेर नयाँ रेकर्ड बनाउने तयारी गरिएको राईले बताए । “फागुन २७  गते सैनिक मञ्च टुँडिखेलमा ७५  हजार व्यक्ति एकैपटक जम्मा हुने छौं,” त्यहाँ बुद्ध गुरुले भगवान गौतम बुद्धको उपदेश पढ्नु हुनेछ र ‘बुद्ध वाज वोर्न इन नेपाल’ भन्नु हुनेछ । उहाँले भनेपछि सहभागी ७५  हजारले उपदेश दोहोर्याएर ‘बुद्ध वाज वोर्न इन नेपाल’ भन्नुहुनेछ । यसको मुख्य उद्धेश्य भनेको बुद्ध नेपालमा जन्मिनु भएको हो भनेर विश्वभर सन्देश प्रवाह गर्नु हो ।”

सधैँ हामी आफ्नो लागी बाचिरहेका छौँ,फागुन २७  गते एकदिन बुद्धभूमि नेपाललाई विश्वमा चिनाउन टुडिखेलमा उपस्थित हुन राईले सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरे।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०