विद्यालय जाँदै गरेकी १३ वर्षीया बालिका बाटोमै बलात्कृत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० फाल्गुन २०७४, बिहीबार ०६:४२

कञ्चनपुर । विद्यालय जाँदै गरेकी एक १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ कि १३ वर्षीया बालिका बाटोमै बलात्कृत भएकी हुन् ।

विद्यालय जाने बाटोमा पर्ने दुर्गादेवी सामुदायिक वनको जङ्गलमा पिछा गर्दै आएका विनोद चौधरीले बलात्कार गरेको बालिकाले बताएकी छिन् । बलात्कारको आरोपमा छिमेकी गाउँ मौवाफाँटाका २० वर्षीय चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

अर्धबेहोस अवस्थामा घर पुगेकी बालिकाले बताएको हुलियाका आधारमा प्रहरीले विनोदलाई महेन्द्रनगरबाट पक्राउ गरेको जनाएको छ । विनोदले बलात्कार गरेको स्विकारेको इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज प्रहरी निरीक्षक मोहन साउदले बताएका छन् ।

विनोदलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ । थप अनुसन्धान भइरहेको र केही दिनमै मुद्दा दर्ता हुने उनले बताए । पीडित बालिकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१