मूल्यवृद्धि चर्कंदो, बजार भाउ ११.६ प्रतिशतले बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० फाल्गुन २०७४, बिहीबार ०५:४८

काठमाडौं । तराई मधेस बन्द र नाकाबन्दीसँगै बढ्दो कालोबजारीले मूल्यवृद्धि चर्केर गएको छ।

पछिल्लो पाँच महिनायता दोहोरो अंकको मूल्यवृद्धि भएको औँल्याउँदै केन्द्रीय बैँकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनाको अन्त्य मंसिर मसान्तसको विवरणअनुसार मूल्यवृद्धि दर सवैभन्दा उच्च ११.६प्रतिशत पुगेको हो। कात्तिक मसान्तमा १०.४ प्रतिशत रहेको थियो। मंसिरमा अझ मूल्य उच्च बढेको हो।

नेपाल राष्ट्र बैँकले देश आर्थिक मन्दीतिर धकेलिने चेतावनी दिएको छ। ग्त आर्थिक वर्षको सोही अबधिमा मूल्यवृद्धि दर ७ प्रतिशत मात्र थियो।

भारतीय नाकाबन्दीसँगै खाद्यान्न तथा पेय पदार्थको मूल्यमा उच्च वृद्धि आएपछि समग्र मूल्यवृद्धि दर आकासिएको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१