दाँत पहेंलो छ ? चम्काउनलाई यो उपाय अपनाउनुस् !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ फाल्गुन २०७४, बुधबार १८:०२

काठमाडौं । दाँत सेतो र चम्किलो भएमा तपाईंले सुन्दर मुस्कान दिएर जोकोहीलाई प्रभावित पार्न सक्नुहुन्छ । धेर गुलियो खाँदा, कोल्ड ड्रिंकको अत्यधिक सेवन गर्दा पनि यो समस्या आउन सक्छ। दाँतको समस्या समाधान गर्नका लागि अनि चम्काउनका लागि यहाँ बताइएका उपाय अपनाउनुहोला।

बेकिङ सोडा
भान्सामा अनि सौन्दर्यका लागि बेकिङ सोडा प्रयोग गरिन्छ । दाँतको पहेंलोपन हटाउन पनि यो असरदार हुन्छ । एक चम्चा बेकिङ सोडामा एक चिम्टी नून मिसाउनुस् । दिनदिनै दुईचोटि ब्रशमा यसको धूलो हालेर दाँत सफा गर्ने गर्नुस् ।

घिउकुमारी र ग्लिसरिन
घिउकुमारीले स्वास्थ्य र सौन्दर्य बढाउँछ । दाँतलाई सेतो पार्ने गजबको प्राकृतिक औषधि हो यो । यसको टूथपेस्ट यसरी बनाउनुस् ः

एक कप पानी
आधी बेकिङ सोडा
एक चम्चा घिउकुमारीको धूलो
एक चम्चा ग्लिसरिन
तीन थोपा कागतीको रस

यी सबै कुरालाई मिसाएर पेस्ट तयार पार्नुस् । यसले दिनदिनै दाँत सफा गर्नुस् । यो प्राकृतिक पेस्टले दाँतलाई सफा पार्नुका साथै, पहेंलोपना हटाउँछ र गिजाको पीडाबाट मुक्ति दिन्छ ।

एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख ५, २०८१