मानिसको शरीरभित्र हुन्छ यस्तो अलौकिक शक्ति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ फाल्गुन २०७४, बुधबार १७:५६

वैज्ञानिक तथ्यको आधारमा यो प्रमाणित भइसकेको छ कि मानव शरीर जल, वायु, अग्नि, पृथ्वी तथा आकाश गरी पाँच तत्वबाट बनेको हुन्छ । र यसमा कुनै शंका छैन कि जुन चीज जुन तत्वबाट बनेको हुन्छ, त्यसमा उक्त तत्वको सबै गुण समाहित हुन्छ।

यसकारण पञ्चतत्वबाट बनेको मानव शरीरमा जलको शीतलता, वायुको तीब्र वेग, अग्निको तेज, पृथ्वीको गुरूत्वाकर्षण र आकाशको विशालता समाहित हुन्छ । यसप्रकारले मानिस अनन्त शक्तिको स्वामी हो । तथा मानिसको शरीरभित्र अलौकिक शक्ति लुकेका हुन्छ।

तर हाम्रै अज्ञानताका कारण हाम्रो शरीरभित्र हुने सुप्त अवस्थामा रहेको छ । जसलाई कुनै पनि व्यक्ति केही प्रयासद्वारा आफूभित्र रहेको शक्तिलाई जगाएर अनन्त शक्तिको स्वामी बन्न सक्छ ।

मानिसको भित्र सुप्त अवस्थामा रहेको शक्तिलाई नै ‘कुण्डलिनी’ भनिएको हो । कुण्डलिनी मनुष्यको शरीरको अलौकिक संरचना हो । जसभित्र ब्रह्माण्डका सबै शक्ति समाहित हुन्छन् । यदि सही शब्दमा भन्ने हो भने मानिसभित्र सारा ब्रह्माण्ड समाहित छ।

आजभन्दा हजारौं वर्ष पहिले गुरू शिष्य परम्पराका अनुसार गुरू आफना शिष्यहरुलाई कुण्डलिनी शक्ति को योगाभ्यास तथा शक्तिपातको माध्यमबाट जागृत गराउने गर्थे । त्यसपछि शिष्य अलौकिक शक्तिको स्वामी बनेर समाज कल्याण जथा जनहितमा यी शक्तिको सद्उपयोग गर्दथे ।

कुण्डलिनी जागरण पछि मानिस भित्र अनेक अलौकिक एवम् चमत्कारिक शक्तिको प्रादुर्भाव हुन जान्छ । र मानिस मनुष्यत्वबाट देवत्वतर्फ अग्रसर हुन लाग्छ । कुण्डलिनी जागरण पछि अनेक चमत्कारिक घटनाहरु घट्न थाल्छन्।

कुण्डलिनी शक्तिलाई जगाउन का लागि प्रचिनतम् ग्रन्थमा अनेकौं प्रकारका पद्धतिबारे उल्लेख गरिएको मिल्छ । जसमा हटयोग, ध्यानयोग, राजयोग, मन्त्रयोग तथा शक्तिपात आदि छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१