यौन चाहना पनि राशी अनुसार हुन्छ फरक-फरक, तपाइको कस्तो ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ फाल्गुन २०७४, मंगलवार ०७:१४

हरेक मानिसको स्वभाव र रुची फरक फरक हुन्छ । मानिसले आफ्नो रुची अनुसार व्यवहार पनि भिन्न खालको देखाइरहेको हुन्छ । कसैलाई गुलाफ मन पर्छ त कसैलाई गुराँस । कुनै व्यक्ति गुलियोको पारखी हुन्छन् भने कोही अमिलो वा नुनिलोको । मानिसलाई स्वस्थ रहन यौन जीवनको पनि महत्वपूर्ण भूमिका हुन्छ । मानसिक र शारिरीक रुपमा स्वस्थ रहन पनि यौन जीवन आवश्यक हुने मनोपरामर्शदाताहरु बताउँछन् । यसैगरी यौनको मामलामा पनि मानिसहरुमा फरक फरक गुण र व्यवहार हुन्छ । कसैलाई यौन सम्बन्ध राख्दा सादा तरिका मन पर्छ भने कसैलाई विभिन्न तरिका । कुनै जोडीलाई कामुक कुराकानी मन पर्छ भने कसैलाई एक अर्कालाई हेरे मात्र पनि पुग्छ । यौन जीनवमा स्वास्थ्यको महत्व जस्तै ज्योषिशास्त्रका अनुसार पनि यौनिक व्यवहार फरक हुनको कारण राशी हो ।

१. मेष

मेष राशी भएका मानिसहरु छिट्टै आवेगमा आउँछन् । मेष राशीका मानिसमा कामुकता अत्याधिक हुन्छ । तर, लामो समयसम्म यौन सम्बन्ध राखिरहन भने उनीहरु मन पराउँदैनन् । यो राशीका मानिसहरु कम समस्यामा धेरै यौनिक आनन्द लिनेमा विश्वास गर्छन् । यौन सम्बन्ध राख्ने बेलामा उनीहरु आतुर हुन्छन् ।

२. वृष

वृष राशीलाई चुम्बन गर्न मन पर्छ । वृष राशीका व्यक्ति धैर्यवान हुन्छन् । यिनीहरु आवेशमा आउँदैनन् । चुम्बन यिनीहरुलाई निकै मन पर्छ । वृष राशी भएकाहरुलाई यौन सम्बन्ध लामो बनाउने चाहना र एक अर्कालाई माया गर्नुपर्ने चाहन्छन् । यिनीहरुलाई यौन सम्बन्धका लागि पहल गरेको मन पर्छ ।

३. मिथुन

मिथुन राशीलाई प्रेमलाभ मनपर्छ । यो राशीको स्वामी बुध हो । त्यसै कारण कामुक भावना प्रवल हुन्छ । यौनका लागि यिनीहरु पनि निक्कै आतुर हुन्छन् । यौनका लागि यिनीहरु चाँड नै तयार हुन्छन् । यौन सम्बन्ध जारी रहेको बेलामा यिनीहरुलाई प्रेमलाप गरेको मन पर्छ । आफ्नो पाटनरको सन्तुष्टिप्रति यिनीहरु सधैं सजग रहन्छन् ।

४. कर्कट

कर्कट राशी भएकाहरु प्रेममा उत्साहित हुन्छन् । यो राशीका भावुक र मानसिक रुपमा संवेदनशील हुन्छन् । यिनीहरुको यही स्वभावका कारण यौन आनन्द लिन सक्दैनन् । यिनीहरु आफ्नो पाट्नरको भन्दा आफ्नो खुशीलाई बढी महत्व दिन्छन् । यो राशीका मानिसहरु प्रेमको आनन्द लिन जान्दैनन् र जीवनमा केही कुराको कमि महसुस भइरहन्छ ।

५. सिंह

सिंह राशीले पर्खिरहने पाटनरको इशारा हो । यो राशीका व्यक्ति स्थिर स्वभावका हुन्छन् । यिनीहरुको भावना सहजै व्याप्त हुँदैन । तर इशाराको पर्खाइमा भने हुन्छन् । यौन सम्बन्धको समस्यामा यिनीहरु निक्कै जोससहित प्रस्तुत हुन्छन् । जोसले गर्दा पाट्नरको भावना भने त्यत्ति बुझ्दैनन् ।

६. कन्या

कन्या राशीमा यौनप्रति विशेष रुची हुन्छ । यो राशीका मानिस केही लाज मान्ने स्वभावका हुन्छन् । यिनीहरुले प्रेमी प्रेमिका वा पति पत्निसँग प्रेम व्यक्त गरिहाल्दैनन् । यद्धपि चासो भने निक्कै धेरै हुन्छ । यो राशीका मानिस यौन सम्बन्धको बेला समय वर्वाद गर्दैनन् । प्रेमप्रति भने पूरै इमान्दार हुन्छन् । तर मुडी स्वभाव भने हुन्छ ।

७. तुला

तुला राशीका मानिसमा सम्बन्ध बढाउन चाहना हुन्छ । यो राशीका व्यक्ति आफ्नो पाटनरको खुशीमा ध्यान दिन्छन् । प्रेम सम्बन्धका लागि दवाव पनि दिँदैनन् । साथीको इच्छा अनुसार तयार हुन्छन् । तुला राशीको स्वामी शुक्र भएका कारण यिनीहरुप्रति मानिस आकर्षित भइहाल्छन् । यिनीहरुलाई यौनक्रिडाको समयमा कुराकानी गर्न मन पर्छ ।

८. वृश्चिक

वृश्चिक राशीमा कामुक भावना प्रवल हुन्छ । वृश्चिक राशीको स्वामी मंगल भएका कारण यो राशी भएका मानिसमा कामुकता बढी हुन्छ । यिनीहरु अति उत्साहका कारण पाटनरलाई भने केही कठिनाइ महसुस हुन्छ । प्रेमका कुरामा यिनीहरु भावुक हुन्छन् ।

९. धनु

धनु राशी भएकाहरु जतिबेला पनि यौनका लागि तयार हुन्छन् । यो राशी भएका मानिसको विशेषता के हो भने यिनीहरु जतिबेला पनि यौन र प्रेमका लागि तयार हुन्छन् । यिनीहरुलाई यौन क्रिडाकाको समयमा चुम्बन गर्न र अरु क्रियाकलाप गर्न मन पर्छ ।

१०. मकर

मकर राशी भएकालाई चुम्बन गर्न मन पर्छ । यो राशीका मानिस प्रेम सम्बन्धका विषयमा गम्भीर हुन्छन् । यिनीहरु साथीप्रति समर्पित हुन्छन् । प्रेममा विस्वास गर्न लायक राशी मानिन्छ मकर । यिनीहरुलाई यौनक्रिडाको समयमा चुम्बन अत्याधिक मन पर्छ । तर पाटनरको सन्तुष्टिप्रति कम सचेत हुन्छन् ।

११. कुम्भ

कुम्भ राशीलाई प्रेममा नयाँ नयाँ प्रयोग गर्न मन पर्छ । यो राशी भएकाहरु यौन क्रिडाका लागि अति नै उत्साहित हुन्छन् । यसमा नयाँ नयाँ आसन र शैलीका प्रयोग गर्न उनीहरु लालायित हुन्छन् । यौन क्रिडा गरीरहँदा अन्य कुरा गर्न उनीहरु मन पराउँदैनन् । आफ्नो पाटनरलाई खुशी पार्न उनीहरुको ध्यान केन्द्रीत हुन्छ ।

१२. मीन

मीन राशीको सम्बन्ध सुखद र आनन्दायक हुन्छ । यो राशीका व्यक्तिमा भावनाको प्रवलता हुन्छ । पाटनरको भावना बुझेर सन्तुष्टिमा ध्यान दिन्छन् । यिनीहरु पनि यौन चाहना अत्याधि हुन्छ । कुम्भ राशी जस्तै नयाँ नयाँ प्रयोग गर्न मन पराउँछन् ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१