माक्स लगाएर हिड्नु नपर्ने बाताबरण बनाउन लागे मन्त्री पण्डित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ फाल्गुन २०७४, आईतवार ०५:०६

काठमाडौं ।  काठमाडौंको चक्रपथ सरसफाई महा-अभियानले ४५ औ हप्ता पार गरेको छ । यसै अबसरमा नवनियुक्त जनसंख्या तथा बातावरण मन्त्री  लालबाबु पण्डित बिहानै  काठमाडौंको चक्रपथ सरसफाईमा  जुटेका छन् ।

सँधै मान्छेको भिडभाड र कोलाहल हुने काठमाण्डौं रिंगरोडको  सडकमा एकाविहानै मन्त्री पण्डित धमाधम सडक सफा गरिरहेको देख्दा वरपरका मान्छे निकै अचम्ममा परे । सामान्य प्रशासनमन्त्री हुँदा कर्मचारी प्रशासनभित्रको विकृति हटाउने प्रयास गरेर आम नागरिकको नजरमा परेका लालबाबु पण्डित हाल जनसंख्या तथा बातावरण मन्त्री भए लगतै सरसफाईमा जुट्दै भने अब केहि महिना भित्र काठमाडौंमा माक्स लगाएर हिड्नु नपर्ने बाताबरण बनाउन तत्पर आफु लागिपर्ने र सबैले यस अभियानलाई साथ दिनु पर्ने समेत जनाउनुभयो  ।

पण्डितले थप जिज्ञासा राख्दै चक्रपथ सरसफार्इ महा-अभियानमा आफ्नो निरन्तर साथ रहने भन्दै समाजका केहि कसंगरलाई नबडारे सम्म अभियानले सफलता नपाउने र यसको लागि सरकारले कस्तो कानुन बनाउनुपर्छ आफु तयार रहेको समेत जनाउनुभयो  ।

लोकवहादुर टण्डनको  अगुवाईमा सुरु भएको चक्रपथ सरसफार्इ महा-अभियानले शनिवारदेखि ४५ औं हप्ता पुरा गरेको हो  । ग्रिनसिटी अस्पतालबाट दाया बाया बसपार्क देखि चाबहिलको गोपीकृष्ण पुल सम्म सफाइ अभियानले फोहोर संकलन गरि सबैमा सचेतना समेत आव्हान गरेको छ ।

प्रत्येक हप्ताशनिबार बिहान ७ देखि ९ बजे सम्म फोहर संकलन अभियानमा काठमाडौ महानगरपालिका , टोखानगरपालिका , नेप्सेम्याक,लायन्स क्लब , ग्रिनसिटी अस्पताल, यतिहेल्थ साइन्स एकेडेमी, आमा समुह ,होटल ब्यबसायी संघ , हिमालय बाताबरण सस्था , पत्रकार ,कलाकार , राजनीतिज्ञ , प्रहरी सशस्त्र प्रहरी , नेपाली सेनाको समेत सहभागिता हुने गरेको छ । बिभिन्न संघसंस्थाको सहयोगमा स्वतःस्फूर्त रुपमा सरसफाई अभियान सञ्चालन हुदै आएको छ ।

ग्रिनसिटी अस्पतालको सयोजनमा प्रारंभ गरिएको सफाई अभियानबाट ४५   औ हप्तामा १५   टन फोहोर संकलन गरियो भने ५०० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१