देवराज अधिकारीको शोक काब्य ‘सीता’ को सम्बोधन गर्ने क्रममा मञ्चमै स्तब्ध नेपाल(फोटो फिचर सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० श्रावण २०७१, शुक्रबार २०:५४

काठमाडौं, ३० साउन  । पत्नी वियोगमा लेखिएको देवराज अधिकारीको शोक काब्य ‘सीता’ को अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथी बनेका पूर्व प्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मञ्चमै स्तब्ध भए ।10620646_10201585486479357_2995581996068505244_n 
10534119_10201585491199475_8552109855299452822_n
‘सीता’मा उल्लेख भएका पंक्ति पढेर दिवंगत आफ्ना मान्छेहरुलाई सम्झेर बोल्दा बोल्दै नेता नेपाल भावुक भए । उनी केहीबेर बोल्नै नसकी स्तब्ध भएका थिए । 1530432_10201585491919493_6746784926182413978_n
नेता नेपालले साहित्यले मुलुकलाई समृद्ध बनाउने बताउँदै लेखक कविको राष्ट्रले सम्मान गर्नुपर्ने बताए । 10342993_10201585487319378_8343484421490817569_nअन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा वरिष्ठ समालोचक प्रा डा दयाराम सम्भव, प्रा डा खगेन्द्र प्रसाद लुइँटेल, विद्या न्यौपाने, वरिष्ठ साहित्यकार राजेश्वर देवकोटा, कवि गोबद्र्धन पुजा, कवि सन्ध्या पहाडीले मन्तब्य प्रकट गरेका थिए । 10564997_10201585488119398_5171935929140629365_n
यस्तै गजलकार रामबहादुर पहाडीले काब्यका श्लोकमा भाका हालेका थिए । समाजका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार कमलमणि दीक्षित लगायत लेखक कविको उपस्थिती थियो ।    10569020_338457142971053_7586198640695629575_n

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१