१०२ मेगावाटकाे रसुवा भाेटेकाेसी चिनियाँ कम्पनीलाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ फाल्गुन २०७४, शुक्रबार ०४:२१

काठमाडौं । उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा बन्ने १०२ मेगावाट क्षमताको आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ । २० अर्ब ३८ करोड रुपैयाँको लागतमा बन्ने उक्त आयोजना देउवा सरकारले राजिनामा दिनुभन्दा केहीदिन अगाडिमात्र दिएको हो।

औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा १८ बमोजिम मन्त्रालयमा सोमबार बसेको उद्योग तथा लगानी प्रवर्द्धन बोर्डको २२४ औँ बैठकले चीनको हाइड्रो चाइना कर्पोरेशनलाई सो जलविद्युत उत्पादनका लागि स्वीकृति प्रदान गरेको हो।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ को दफा ३ को उपदफा ३ अनुसार साविक रसुवाको स्याफ्रु, गुल्जुङ र गेल्टाङ गाविसमा पर्ने त्रिशूलीमा जलविद्युत् उत्पादनका लागि विदेशी लगानी माग भएकोमा उक्त कंपनीको प्रस्ताब स्वीकृत गरिएको उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले जानकारी दिए। रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०