नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा बिजेन्द्र बिक्रम राणा मनोनित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ फाल्गुन २०७४, बिहीबार ०६:४५

काठमाडौँ । नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा बिजेन्द्र बिक्रम राणा मनोनित भएका छन्। नेविसंघका अध्यक्ष नैनसिंह महरले राणा लाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका हुन्।

महाराजगंज मेडिकल क्याम्पस नेविसंघ इकाई कमिटिको पूर्व उपसभापति तथा स्वास्थ्य क्षेत्रमा विभिन्न तह र तप्कामा रही हाल नेपाल फार्मेसी संघका केन्द्रीय कोषाध्यक्ष  समेत रहेका राणा नेविसंघमा उर्जावान र कर्मठ युवाकोको रुपमा चिनिने गरिन्छ ।

नेविसंघको विधानमा मनोनित गर्न पाउने व्यवस्था छ । अध्यक्ष महरले सक्रिय विद्यार्थी नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको बताएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०