मधुमेह र उच्च रक्तचापबाट बच्न खाने गरौं यी ५ चिज

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ फाल्गुन २०७४, बिहीबार ०६:०३

मधुमेहले धेरैलाई सताएको छ । यसलाई हामी खानदानी रोग पनि भन्छौं । खासगरी सौखिन जीवनशैली रोज्नेहरु मधुमेहको चपेटामा पर्छन्। मधुमेहबाट बच्नका लागि खानपानमा सर्तक रहनुपर्छ । सक्रिय जीवनशैली विताउनुपर्छ।

मधुमेह जस्तै उच्च रक्तचाप, मुटुरोग पनि अहिले खानदानी रोगको रुपमा देखापरेको छ । यस्ता रोगहरुबाट बच्नका लागि स्वस्थ्य जीवनशैली अपनाउनुपर्छ । साथै खानपानमा सावधानी अपनाउनुपर्छ। यस्ता अनेक रोगबाट बच्नका लागि हामीलाई म्याग्नेसियमयुक्त खानेकुराको खाँचो हुन्छ।

किन म्याग्नेसियम ?

हाम्रो शरीरलाई सँधै स्वस्थ र सक्रिय बनाइराख्न आवश्यक मिनरल्समध्ये एक हो म्याग्नेसियम । हाम्रो शरीरको संरचनामा म्याग्नेसियमको महत्वपूर्ण भूमिका हुन्छ र यसले हामीलाई कयौं बिमारीहरुबाट बचाउँछ ।

खासमा म्याग्नेसियम पनि क्याल्सियम र बोरियम जस्तै एक छारिए तत्व हो । हालै गरिएको एक सोधबाट प्रमाणित भइसकेको छ कि यसले शरीरमा मौजूद इन्जाइमसँग मिलेर ग्लूकोज बनाउने काम गर्छ र यसले इन्सुलिन बनाउने प्रक्रियालाई पनि दुरुस्त राख्छ ।

म्याग्नेसियमयुक्त खानेकुराको सेवनले टाइप २ डाइबिटिजको खतरा कम हुन्छ । यसले हाम्रो स्मरण शक्तिलाई मजबुत बनाउँछ ।

उच्च रक्तचाप, मुटुरोग, तनाव, माइग्रेन तथा अर्थराइटिसजस्ता समस्याहरुबाट बचाउन पनि यो सहयोगी हुन्छ । यति मात्र होइन, क्याल्सियमसँग मिलेर यसले हड्डीलाई मजबुत बनाउँछ । गर्भमा रहेको शिशूको विकासको लागिय पनि यो तत्व अति आवश्यक हुन्छ ।

के हुन् प्रमुख स्रोत ?

दहीः यो क्याल्सियम र म्याग्नेसियमको अत्यन्त राम्रो स्रोत हो ।

केराः यसमा पोटासियमका साथ म्याग्नेसियम पनि भरपूर मात्रामा पाइन्छ । यसले इम्युन सिस्टमलाई मजबूत बनाउनुका साथै स्मरण शक्ति बढाउन पनि सहयोगी हुन्छ ।

सीताफलको बिउः सीताफलको बिउमा म्याग्नेसियम भरपूर मात्रामा पाइन्छ । यसको बिउलाई घाममा सुकाएर तेल र नूनका साथ भुट्नुस र यसपछि स्न्याक्सको रुपमा यसको सेवन गर्नुस । यसबाट तपाईंको शरीरले भरपूर मात्रामा म्याग्नेसियम प्राप्त गर्नेछ ।

बदामः यो म्याग्नेसियमको सबैभन्दा राम्रो स्रोत हो । हरेक दिन पानीमा भिजाएर पाँच बदामको सेवन गर्दा स्मरणशक्ति बढाउनुका साथै स्नायु प्रणालीसँग सम्वन्धित रोगहरुबाट पनि बचाउँछ ।

हरियो पत्तेदार तरकारीः यो आइरनका साथै म्याग्नेसियमको पनि अत्यन्त राम्रो स्रोत हो। पत्तेदार तरकारीले शरीरमा हेमोग्लोविनको स्तर बढाउनका साथै मांसपेशीहरुलाई पनि मजबुति प्रदान गर्छ।

नोटः अन्य पोषक तत्व जस्तै म्याग्नेसियमको अधिकता पनि हानीकरक हुन सक्छ । यसको अधिताबाट ब्लड प्रेसर, डायरिया जस्ता समस्याहरु उत्पन्न हुन सक्छन्। यद्यपि, प्राकृतिक स्रोतबाट प्राप्त हुने म्याग्नेसियमको सेवनबाट भने यस्तो कुनै आशंका हुँदैन। यसको सेवनभन्दा अगाडि डाक्टरको सल्लाह लिनु राम्रो हुन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१