सुदूरपश्चिमकै बिद्युतीय हव बन्यो चमेलिया

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ फाल्गुन २०७४, बिहीबार ०५:४३

दार्चुला ।  निर्माण कार्य सुरु भएको ११ वर्षपछि सञ्चालनमा आएको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना साविकको सुदूरपश्चिकै विद्युतीय हव बन्न पुगेको छ । दार्चुलाजस्तो विकट क्षेत्रमा परियोजना निर्माण थालनीसँगै विकासका पूर्वाधारका साथै अन्य विद्युत् आयोजना समेत भित्रिएका छन्।

सरकारी लगानीमा निर्माण भएको यो आयोजना प्रधानमन्त्री शेरबहादुर देउवाकै पहलमा झन्डै दुई दशकअघि निर्माण प्रक्रिया थालिएको थियो । भौगोलिक जटिलता, बन्द हडताल, प्राकृतिक प्रकोप, भ्रष्टाचारका आरोपप्रत्यारोप, ठेकेदारको लापरबाही, अनुगमन तथा नियमनमा बेवास्ता लगायत कारण आयोजनाबाट करिब सात वर्ष ढिलो विद्युत् उत्पादन भएको छ।

सुरु लागत साढे आठ अर्ब अनुमान गरिएकामा आयोजना पूरा हुँदासम्म करिब १५ अर्ब रुपैयाँ खर्च भएको छ । अन्तिम लागत अझै तयार नभएको आयोजना प्रमुख अजयकुमार दाहालले बताए । उनका अनुसार ठेकेदारका दाबी, भेरियसन, अन्य खर्चलगायत शीर्षक पुँजीकरण गरेपछि वास्तविक लागत आउँछ । यसको अर्थ आयोजनाको अन्तिम लागत थपिने देखिन्छ । महँगो भएपनि विद्युत् उत्पादन भएपछि आयोजनाको सबै लागत गौण मानिएका छन्।

चमेलिया सुदूरपश्चिममा निर्माण भएको अहिलेसम्मकै ठूलो आयोजना हो । आयोजना निर्माणसँगै स्थानीयले विद्युत् उपभोग गर्ने आधार फराकिलो भएको छ । यसलाई लागतसँगमात्र जोडेर गरिएका विभिन्न विश्लेषण हेर्दा, भौतिक, सामाजिक, आर्थिक र प्राविधिक पक्षको विकास केलाउँदा यो लागत चमेलियाको मात्रै नभई यस क्षेत्रमा सञ्चालित सबै आयोजनाका लागि सहायक बन्न पुगेको छ।

आयोजना निर्माणको सफलतासँगै यसका लागि निर्माण भएका पूर्वाधारले चमेलिया प्रदेश ७ कै विद्युतीय हब बन्न सफल भएको प्रमुख अजय दाहालले बताए । ‘चमेलियाले सुदूर पश्चिमको ऊर्जा क्षेत्रको कोशेढुंगा बन्न सफल भएको छ,’ उनले भने, ‘१३२ केभी क्षमताको बलाच–अत्तरिया एक सय ३१ किमि प्रसारण लाइन निर्माण हुँदा र आयोजना स्थलमा निर्माण भएको सबस्टेसनबाट यस क्षेत्रमा उत्पादित सबै विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न मिल्ने छ ।’

आयोजनाले तयार पारेको प्रसारण लाइन लगायत भौतिक संरचना उपयोग गरी अपि हाइड्रो पावर कम्पनी ९८।५ मेवा० सञ्चालनमा आइसकेको छ भने माथिल्लो चमेलिया ९८५ मेवा०, मध्यचमेलिया ९१६ मेवा० र कलिंगा गाड ९६५ मेवा०, छत्तिगाड ९२५ मेवा० जस्ता अन्य कतिपय आयोजना निर्माण सुरु हुने क्रममा रहेका छन् । यही लाइनमा करिब दुई सय मेगावाट विद्युत जोडिने र यी मध्ये ८० मेगावाटको विद्युत् खरिद बिक्री सम्झौतासमेत भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

चमेलियाकै कारण दार्चुलाको नौगाड गाउँपालिका–४ मा निजी क्षेत्रबाट निर्माणाधीन अपर नौगाडले अप्रिलबाट विद्युत् उत्पादन गर्ने भएको छ । अपी पावर कम्पनीले आठ मेघावाट क्षमताको अपर नौगाड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यसअघि कम्पनीले १७ महिनाको छोटो अवधिमा नै ८।५ मेगावाट क्षमताको नौगाड जलविद्युत्् आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । आयोजना स्थलसम्म सडकको पहुँच पुगेको र नेपाल विद्युत् प्राधिकरणले चमेलियाको बलाचसम्म प्रसारण लाइन निर्माण गरिसकेकाले छोटो समयमै विद्युत् उत्पादन गर्न सहज भएको उक्त कम्पनीले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०