दिमागको क्षमता बढाउने यस्ता छन् बैज्ञानिक तरिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ फाल्गुन २०७४, बुधबार ०५:३१

बैज्ञानिकहरुले पछिल्लो समय गरेको सर्वेक्षण अनुसार बेसारले दिमागको क्षमता वृद्धि गर्ने कुरा उल्लेख गरिएको छ।

स्टेम सेल एण्ड थेरापी जर्नलमा प्रकाशित अध्ययनमा यस्तो तथ्य सार्वजानिक भएको हो। सो लेखमा उल्लेख गरिएको छ की बेसारमा पाईने एक तत्वले दिमागको कोषिका वृद्धि र विकास गर्नमा महत्वपूर्ण भुमिका निर्वाह गर्दछ । अनुसन्धानको क्रममा एउटा मुसाको शरीरमा यसको परिक्षण गरिएको थियो। यस्तो अनुसन्धानबाट अल्जाइमर र ब्रेन स्टोकको औषधि बनाउन पनि बेसार उपयोगि हुने तथ्य पत्ता लागेको छ।

कसरी गर्छ बेसारले दिमागको क्षमता बढाउने काम ?
मुसामा सफलतापूर्वक यसको परिक्षण गरिएका भएपनि मानिसमा यसको परिक्षण गर्ने चुनौती आईपरेको अनुसन्धानकर्ताहरुको निष्कर्ष रहेको छ।

जर्मन स्थित इन्स्टिच्युड अफ न्युरो साइन्स एण्ड मेडिसिनका अनुसन्धानकर्ताले बेसारमा पाइने टर्मेरोन तत्वाका बारेमा बिषेश अनुसन्धान गरेका थिए। टर्मेरोन दिए पश्चात मुसाको दिमागको स्क्यान गरि परिक्षण गरिएको थियो। सुइको माध्यमबाट दिइएको उत्त टर्मेरोनको प्रतिक्रिया थाहा पाउनको लागि गरिएको परिक्षणमा मस्तिष्कको कोषिकाको विकासको लागि जिम्मेवार एक भाग निकै सक्रिय भएको अनुसन्धानबाट खुलेको छ। स्वास्थ्य खबर पत्रिका

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१