अध्ययन भन्छ, आफैंमाथि हाँस्ने व्यक्तिको मानसिक स्वास्थ्य हुन्छ राम्रो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ फाल्गुन २०७४, बुधबार ०५:२३

काठमाडौं । एक अध्ययनमा गरिएको दाबीअनुसार, आफैंमाथि चुट्किला भनेर हाँस्ने व्यक्तिहरूको मानसिक स्वास्थ्य स्तर राम्रो हुन्छ । यो अध्ययन पर्सनालिटी एन्ड इन्डिभिजुअल डिफरेन्सेज जर्नलमा प्रकाशित भएको छ ।

हास्य मनोविज्ञानमाथि पहिले गरिएका अध्ययनहरूभन्दा यो फरक हो ।

खासमा अहिलेसम्म गरिएको सबै अध्ययनमा के बताइन्थ्यो भने आफैंमाथि चुट्किला भन्ने काम नकारात्मक मनोविज्ञानसँग सम्बन्धित छ त्यसैले उनीहरू यो शैली प्रयोग गर्छन् ।

स्पेनको ग्रानाडा विश्वविद्यालयका जर्ज टोर मरीनले बताए, ‘आफैंमाथि चुट्किला भन्ने प्रवृत्ति मनोवैज्ञानिक स्वास्थ्यका आयाम खुशी र सामाजिकता राम्रो हुने संकेत हो । यस्ता हास्यमा सांस्कृतिक अन्तरलाई लक्षित गरिएको नयाँ अध्ययन आवश्यक छ ।’

मरीन थप्छन्, ‘यो अध्ययनको नतिजाले हाम्रो देशमा आफैंमाथि हाँस्नु सकारात्मक संकेत हो भन्ने देखाउँछ । तर आफैंमाथि हाँस्ने विषयमा गरिएको अनुसन्धान कुन ठाउँमा भएको भन्ने कुराले परिणाममा भिन्नता ल्याउँछ ।’आफैंमाथि हाँस्नु भनेको रिस दबाउने प्रवृत्ति हो। एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१