‘फिट एन्ड फाइन’ रहन गर्नुपर्ने सामान्य ९ कुरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ फाल्गुन २०७४, मंगलवार ०६:५२

स्लिम र आकर्षक हुन खाना खान छोड्नुपर्छ भन्ने होइन। केही कुरामा ध्यान दिए शरीरलाई ‘फिट एन्ड फाइन’ राख्न सकिन्छ।

नियमित व्यायाम गर्ने

फिट्नेस भन्नेबित्तिकै सामान्यतयाः हामी सबैले शारीरिक बनावट तन्दुरुस्त राख्ने भन्ने बुझ्छौँ । तर, शारीरिक व्यायामले मानसिक तथा अत्मविश्वासको तह पनि बढाउँछ । व्यायाम शारीरिक सुगठनका लागि मात्र गरिँदैन भन्ने बुझ्नुपर्छ । शरीर र मनलाई स्फूर्त राख्ने हामीले शारीरिक व्यायामका लागि केही समय छुट्याउनुपर्ने हुन्छ । हरेक दिन थोरै समय शारीरिक व्यायम गर्दा शरीर, मन र दिमाग स्वस्थ राख्न मद्दत पुग्छ ।

थोरै-थोरै खाइरहने

तपाईं छिन–छिनमा केही खाइरहनुहुन्छ भने दिमागमा भोक लागेको कुरा आउँदैन र क्यालोरीयुक्त खानेकुराको चाहना हुँदैन ।

बिस्तारै-बिस्तारै खाने

स्वाद लिएर बिस्तारै–बिस्तारै खाना खानुभयो भने तपाईंले पेट भरिएको महसुस गर्नुहुनेछ । छिटो–छिटो खाने गरियो भने यस्तो अनुभव गर्न सकिन्न ।

निद्रा पुर्‍याउने

केही शोधले निद्राको कमी तौल बढ्नुको कारण बताएका छन् । अनिद्रामा तपाईं तनाव महसुस गर्नुहुन्छ । तनावसँग सम्बन्धित हार्माेनले शरीरमा अत्यधिक मात्रामा पानी बढाइदिने गर्छ । यसले तपाईंको तौल बढ्न सक्छ ।

अल्कोहलबाट टाढै बस्ने

फिट रहन चाहनुहुन्छ भने मदिरापानबाट टाढा रहनुहोला । रक्सी सेवनले पनि मोटोपन बढाउन सक्छ ।

बाहिर नखाने

बाहिर रेस्टुरेन्टमा गएर खानुभन्दा घरको खाना खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । घरको खाना ताजा र स्वास्थ्यवद्र्धक हुन्छ । बाहिरको खानामा क्यालोरीको मात्रा बढी हुने गर्छ ।

शाकाहारी खाना खाने

मांसाहारी भोजनमा पोषक तत्व बढी हुन्छन्, जसले मोटोपनलाई सघाउँछन् । हरियो सागसब्जी, गेडागुडी आदिले शरीरलाई स्वस्थ र फिट राख्न मद्दत गर्छन् ।

सही मात्रामा खाना खाने

खाना नै नखाई डाइटिङ गर्नुभन्दा खाइरहेको खानाको मात्रा कम गर्नु राम्रो हुन्छ । सानो प्लेट या थालमा खाना खानु राम्रो हुन्छ ।

स-साना काम गर्ने

शरीरलाई फिट र फुर्तिलो राख्न स–साना घरायसी काम गर्नुपर्छ । यस्ता कामले तपाईंको शरीरको ‘एक्स्ट्रा क्यालोरी’ कम गर्छन् । सरसफाइ, फूलबारीमा गोडमेल आदि पनि राम्रा शारीरिक अभ्यास हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१