सुख शान्ति र समृद्धिको पर्व महाशिवरात्रि

वैदिक मन्त्रहरूमा रुद्र, श्रीपशुपति महाशिव, महादेव, आशुतोश, अघोर, सद्योजार, वामदेव, तत्पुरुष, इसान रुद्र आदि नामबाट चारै वेदका ऋचाहरूमा भगवान् शिवको स्तुति गरिएको छ । वैदिककालीन सभ्यता नक्षत्र कालगणनाअनुसार ३० हजार वर्षभन्दा पनि पूर्व अन्वेषकहरूले मानेका छन् । ज्योतिषशास्त्रअनुसार फाल्गुण कृष्णपक्ष त्रयोदशी र चतुर्दशी सन्धि रात्रिलाई महाशिवरात्रि मानिएको छ ।

धर्मशास्त्रअनुसार रात्रिहरू चार प्रकारका हुन्छन्– कालरात्रि ९महाअष्टमीको रात्रि०, मोहरात्रि ९कृष्णजन्माष्टमीको रात्रि०, महाशिवरात्रि, ९शिवरात्रि० दारुणरात्रि ९होलीपूर्णिमाको रात्रि० । भगवान् शिव र आद्यशक्तिको आराधना गर्ने मुख्य पर्व हो महाशिवरात्रि । भगवान् शिवका गणहरू नाग, नन्दी, भृंगी, चौसट्ठी योगिनी, क्षेत्रपाल, वेताल, महाकाली, वीरभद्र आदिको आह्वान पूजा गरेर महाशिवरात्रि मनाइन्छ । सम्पूर्ण अक्षर, सप्तस्वर, नाद, व्यञ्जन, परा–अपरा विद्याका स्रोत भगवान् शंकरलाई नै मानिएको छ । शिवको पूजा रात्रिको समयमा गरिन्छ । जबकि दिनमा पनि व्रत, उपवास गरेर रात्रिकालीन समय भगवान् शिवको पूजा गर्ने विधान छ । भगवान् शंकर सत्व, रज तथा तम तीनै गुणभन्दा माथि मानिएकाले संहार शक्तिका अधिष्ठातृ देवता हुन् । त्यसैले अन्धकारयुक्त रात्रि शंकरजीलाई प्रिय लाग्नु स्वाभाविक देखिन्छ ।

रात्रि वा अन्धकार संहारकालको प्रतिनिधि हो, किनकि रात्रिको आगमनसंगै सर्वप्रथम प्रकाशको संहार हुन्छ, जीवको दैनिक क्रियाकलापका साथै चेतनाको गतिशीलता पनि चलायमान हुन्छ । सम्पूर्ण विश्व अचेत भएर निद्रादेवीको शरणमा जान्छ । रात्रिका चारै प्रहरमा संहारका अधिष्ठातृ देवता भगवान् शिवको विशेष पूजा गर्दै धुनी बाली, मन्त्र जप गर्दै रुद्राभिषेक गर्दै रात्रि जागरण उपासना गर्नुपर्छ ।

कृष्णपक्ष र शुक्लपक्ष गरी महिनामा दुई पक्ष हुन्छन् । शुक्लपक्षमा चन्द्रमा क्रमशः पूर्ण स्थितिमा आउने भएकाले चराचर जगत्का सम्पूर्ण रसवान् पदार्थहरूको पनि क्रमशः वृद्धि हुँदै जान्छ । त्यसैगरी कृष्णपक्षमा चन्द्रमा क्रमशः क्षीण हुँदै जाने हुँदा रसवान् पदार्थहरूले पनि क्षीण हुँदै जान्छन् । चन्द्रमा कृष्णपक्ष अमावश्यामा एकदमै क्षीण हुने हुँदा त्यसको प्रभाव भूमण्डलका सम्पूर्ण प्राणीमा पर्छ । कृष्णपक्षको यही रात्रिमा शिवजीको आराधना गर्ने नियम बनाइएको हो । कृष्णपक्ष त हरेक महिनामा हुन्छन्, तर ती हरेक महिनाको त्रयोदशीको रात्रिलाई किन शिवरात्रि भनिँदैन रु अवश्य पनि हरेक महिनाको त्रयोदशीको रात्रिलाई महाशिवरात्रि मानिँदैन तर शिवको आराधना गर्ने रात्रि भने मानिन्छ ।

महाशिवरात्रि पर्वलाई सुख, शान्ति, समृद्धि प्राप्तिका साथै राष्ट्रिय शान्ति, सामाजिक सद्भाव, आपसी मैत्री तथा करुणा भावका साथ मनाऔं ।

कृष्णपक्ष र शुक्ल त्रयोदशी शिवजीको आराधना गर्ने विशेष प्रदोष व्रत पर्व हो । यसको अर्थ अन्य रात्रि शिवरात्रि हुन् भने फाल्गुण कृष्ण त्रयोदशी र चतुर्दशीको सन्धि रात्रि ‘महाशिवरात्रि’ हो । यसकारण क्षयपूर्ण तिथि अमावश्याको अन्धकारको दुष्प्रभावबाट बच्नुका साथै मानव जीवनमा ज्योति, शान्ति, समृद्धिका लागि एक दिनपहिले अर्थात् त्रयोदशीको रात्रिमा शिवजीको उपासना गर्ने परम्परा राखिएको हो ।

महाशिवरात्रिमा बालेको धुनीको विभूत तिलक शिशिर ऋतुपछि वसन्तको आगमनको स्वागतको लागि मनाइने वसन्तोत्सव पर्व फाल्गुण शुक्ल पूर्णिमा ९होली पूर्णिमा० मा धारण गर्ने विधान छ । रक्षाबन्धनको दिन बाँधेको रक्षासूत्र गाईतिहारे औंसीका दिन गौपूजा गरी अर्पण गरी गाईको पुच्छरमा बाँधेजस्तै । वसन्त ऋतुको सुरुआतसंगै चारैतिर उजाड वातावरण, पतझरका कारण प्रकृति सुक्खा र फुस्रो देखिन थाल्छ । यस्तो लाग्छ, भगवान् शिवको रौद्रशक्ति प्राकृतिक सुन्दरताको संहारमा लागेको छ । रुद्र एकादश रूपमा हुने भएकाले वर्षको एघारौं महिना अर्थात् फागुनमा शिवजीको पूर्ण स्वरूपको अवस्थामा महाशिवरात्रि पर्वको निरूपण गरिएको हो ।

प्राकृतिक सुन्दरताका प्रदाताका रूपमा शिवजीको पूजा आराधना गरिन्छ । फलस्वरूप महिनाको अन्त्यमा अर्थात् वसन्त ऋतुको आगमनसँगै सम्पूर्ण प्रकृति हरियालीयुक्त हुन्छ । प्राकृतिक सुन्दरता चरम उत्कर्षमा पुग्छ । भगवान् शिवका पाँच मुख छन्, दृश्य जगत्मा पाँच मुख छन्, अघोर, सद्योजात, वामदेव, तत्पुरुष, इशान रुद्र यी पशुपतिनाथका पाँच मुख हुन् । यी मुखहरूले पाँच तत्वको स्वरूप हुन् । पृथ्वी, जल, तेज, वायु, आकाश चराचर जगत् यही पाँच तत्व र मन, बुद्धि, चित्त, अहंकार, ऊर्जा, चेतनाको यही नै हो जगत् ।

मानौं शिवजी प्रसन्न भई प्राकृतिक संहार छोडेर शान्त र कल्याणकारी शंकर बनेर विराजमान हुनुहुन्छ । त्यसैले महाशिवरात्रिका दिन शिवको उपासना, पूजा–आराधना गर्नु आध्यात्मिक, पारमार्थिक रूपले मात्र नभई जीवन सरल र सहजका साथै प्रकृतिसँग जीवको सम्बन्धलाई अझ घनिष्ट बनाउन पनि आशुतोष शिवको आराधना यस समयमा गर्नु समयसान्दर्भिक देखिन्छ ।

भगवान् शिवको त्रिशूल तीन शक्तिले युक्त आयुध हो । करोडौं–करोड वर्षपहिले सृष्टिसंगै र वनस्पतिको अस्तित्व धरतीमा रहेको वैदिक वाङ्मय र आधुनिक अनुसन्धानले पुष्टि गरिसकेका छन् । त्रिशूल नामधारी आयुध एक तीरमा दुइटा शूल जोडेर त्रिशक्तियुक्त, त्रिनेत्रधारी भगवान् शिवको आयुध बन्छ । शशांकशेखर त्रिशूलरूपी आयुधधारी भगवान् रुद्रलाई वैदिक वाङ्मयका ऋचाहरूमा स्तुति गरिएको छ । भगवान् शिवले धारण गरेको त्रिशूल नै संसारको सबैभन्दा पुरानो आयुध ९अस्त्र० हो ।

संसारमा तीन प्रकारका शक्तिहरूले विशेष काम गरेका हुन्छन् । पहिलो शक्ति सृष्टि, दोस्रो पालन र तेस्रो संहार । आधुनिक भाषामा भन्दा गतिशीलताको कारण ९इलेक्ट्रोन, न्युट्रोन र प्रोटोन० त्रिशक्ति निरन्तर क्रियाशील रहन्छन् । दिन रात्रि र सन्धि चराचर जगत्मा व्यावहारिक रूपमा देखिन्छ । तीनै शक्ति, तीनै लोकलाई धारण गर्ने भगवान् शिव र शिवा दुवै आदि देवता हुन् । शिवका हातमा रहेको त्रिशूलले तीन प्रकारका ताप ९आधिभौतिक, आध्यात्मिक र आधिदैविक० को समन गर्दछ । सृष्टिको आदिधर्म भगवान् शिवबाट प्रतिपादित हुन्छ । आदिशास्त्र पनि त्रिशूल नै हो । त्रिशूल, बज्र, डमरु, पाश भगवान् शिवका आयुध हुन् ।

नमस्तेरुद्रमन्न्यवऽउतोतऽइषवेनमः ।।। पशुनामपतयेनमो नमः।।।। –शुक्लयजुर्वेद

सम्पूर्ण दुःखलाई हरण गर्ने, अज्ञानतालाई हटाई ज्ञान प्रदान गर्ने तपाईंलाई नमस्कार छ । हे रुद्र हाम्रा पुत्रपौत्र आदिको रक्षा गर्नुहोस्, हाम्रा आयुधहरूलाई नष्ट नगर्नु, हाम्रा गौआदि प्राणीको रक्षा गर्दिनुहोस्, त्रिशूलसहित विविध आयुधहरू धारण गर्ने सेनानायक रुद्रलाई नमस्कार छ । भुजाहरूमा सुवर्ण धारण गर्ने रुद्रलाई नमस्कार छ, जीवहरूको पालन गर्ने पालनहार रुद्रलाई नमस्कार छ । हिमालय–कैलाशमा बसेर सम्पूर्ण चराचर जगत्मा शासन गर्ने त्रिशूलधारी रुद्रलाई नमस्कार छ । भगवान् शिवले काम, क्रोध, लोभ, मोह, मद–मात्सर्य अहंकारले लट्ठ परेर नसाले ग्रस्त संसारका प्राणीजगत्लाई उपदेश दिनको निमित्त कालकूट विष कण्ठमा धारण गर्नुभयो । मानिसभित्र रहेको क्रोध, दम्भ, अहंकार समन गर्न भगवान् शिवले संसारको सृष्टि बचाउन कालकूट विष ग्रहण गरेर प्राणी मात्रलाई कल्याण प्रदान गर्नुभयो ।

रसायनमा शास्त्र महाविष कालकूट हो भने मन्दविषहरू भाङ, धतुरो, गाजा आदि हुन् । अहंकारले ग्रस्त प्राणी मन्दविषले ग्रसित छ । त्यसबाट बच्न भगवान् शिवले कालकूट धारण गर्नुभयो । सृष्टि र संहारका दुवै शक्ति शिवमा निहित छन् । भगवान् शिवलाई पञ्चामृत ९दूध, दही, घिउ, मह, सक्खर०, बेलपत्र, भाङ, धतुरो सांसारिक मन्दविषहरू भगवान् रुद्रलाई अर्पण गरी आफू शाश्वत् शान्ति प्राप्त गर्ने मार्गतर्फ लाग्नुपर्छ ।

शिवलिंगको उत्पत्तिको सन्दर्भ

श्रीपशुपतिको मूल प्रकृति के हो भन्ने विषयमा वैदिक धर्मशास्त्रहरूमा उल्लेख पाइन्छ । पशुपतिस्वरूप लिंग प्रार्दुभावको सन्दर्भमा, परम्शक्तिको मूल सत्ताबाट ज्योतिर्मय महालिंग उत्पन्न भयो । त्यो ज्योतिर्मय अवस्थाबाट पाँच तत्वलाई प्रतिनिधित्व गर्दै पशुपतिनाथ महालिंग प्रकट हुनुभयो । शरीरधारी लिंगस्वरूपमा भगवान् पशुपतिनाथ उत्पन्न हुनुभयो । अर्को एक पौराणिक कथनअनुसार पाण्डवहरूले भगवान् शिवलाई खोज्दै जाँदा अरण्यक वनमा भगवान् शिव भैंसीको रूप धारण गरेर बस्नुभएको थियो ।

पाण्डवहरूले भैंसीको रूपमा बस्नुभएका महाशिवलाई देख्नासाथ चिने र भैंसीरूपी शिवको पुच्छर समाते । आधा भाग केदारेश्वर भगवान् शिव केदारनाथमा विराजमान हुनुभयो भने अन्य ज्योतिर्लिंगको शिरोभागको रूपमा भगवान् पशुपतिनाथ प्रकट हुनुभयो र पाण्डवसहित सम्पूर्ण देवगणले पूजा गरी स्तुति प्रार्थना गरे । भगवान् पशुपतिनाथको निर्माण तथ्य र किटानका साथ कहिलेदेखि सुरु भयो भन्ने अभिलेखहरू पाइ“दैन । विभिन्न किम्वदन्ती तथा पौराणिक कथनअनुसार गोपाल वंशका ग्वालाले ज्योतिर्मय स्वरूप भगवान् पशुपतिनाथमा गाईले दूध चढाएको अवस्थामा देखेर त्यो स्थानमा उत्खनन गर्दा ज्योतिर्मय भगवान् शंकर पारसमणि स्वरूपमा दर्शन दिनुभएको प्रसंगहरू पाइन्छ ।

भगवान् पशुपतिनाथलाई पशुपाश विमोचक पनि भनिन्छ । मनुष्य जन्मँदा पशुत्व भावबाटै धरतीमा आएको हुन्छ । भगवान् शिवको अलौकिक कृपाबाट उसमा प्राण गतिशील हुन्छ । ‘शि’ को इकार हटाउ“दा शव शब्द बन्दछ । शिवबाट इकार हटाउ“दा शव बन्दछ । ‘इ’ को अर्थ ऊर्जा हो । त्यो ऊर्जा शरीरबाट निक्लेपछि शरीर शव बन्दछ । शवमा इकार जोडिएपछि मात्र शिव बन्छ । यहाँ ‘इ’ को अर्थ ऊर्जा हो । शवमा ऊर्जाको गतिशीलता प्राप्त भएपछि मात्र प्राणी चेतनशील र गतिशील तथा ज्योतिर्मय बन्दछ । शक्ति, ऊर्जा र विकासविना कुनै पनि पदार्थ तथा जीवको अस्तित्व कल्पना पनि गर्न सकिन्न ।

पौराणिक कथन

पशुपति स्वरूप शिवलिंगको उत्पत्ति कसरी भयो भन्ने विषयमा उत्तर दिँदै स्कन्द कुमार भन्छन्– एक समय सृष्टिकर्ता ब्रह्मा र पालनकर्ता विष्णुबीच विवाद प‍¥यो । आआफ्नो कार्यक्षेत्र र महत्वका बारेमा विवाद उत्पन्न भयो । ब्रह्माजीको पक्ष थियो, जो विविध रूपका वस्तुविशेष र प्राणी समुदायले सृष्टि सजाउ“छ, उसको महत्ता कायम हुनु स्वाभाविक ठहर्छ, त्यसैले मेरो उच्चता स्वतः सिद्ध छ । ब्रह्माको कथनमा अतिशयोक्ति थिएन ।

उता विष्णुको पक्ष पनि सशक्त थियो जन्माइदिएर मात्र कहाँ हुन्छ र रु बढी भार त त्यसले लिनुपर्छ, जो हुर्काउने, बढाउने र लालनपालनमा भाग लिन्छ । त्यसैले नित्य, सूक्ष्म निर्विकार र विश्वम्भर मसित समता राख्न अरू कसले सक्छ र रु कार्यकारी आफ्नै रूप ब्रह्मा र विष्णुमा मायाको प्रभावले उब्जेको अहम्ता महेश्वरलाई सह्य भएन । कोरो उपदेशले त्यस किसिमको ममता समन गर्न नसकिने र दीर्घकालसम्म कायम नहुने देखेर आफैंद्वारा त्यसको अनुभव गराउन एक ज्योतिर्लिंग प्रार्दुभाव भयो ।

भगवान् शिव र आद्यशक्तिको आराधना गर्ने मुख्य दिन हो महाशिवरात्रि । भगवान् शिवका गणहरू नाग, नन्दी, भृंगी, चौसट्ठी योगिनी, क्षेत्रपाल, वेताल, महाकाली, वीरभद्र आदिको आह्वान पूजा गरेर महाशिवरात्रि मनाइन्छ । ऐश्वर्यशाली त्यो जोतिर्लिंग सुरुमा सूक्ष्म थियो र लम्बाइचाहि“ पातालदेखि अनन्त लोकसम्म त्यसको अन्त्य कहाँ थियो थाहा भएन । लिंगोत्पत्तिसाथ आकाशवाणी भयो कि जसले यो लिंगको तलमाथि पहिल्याउ“छ उही ठूलो । आआफ्नो महत्ता कायम राख्न तम्सेका ब्रह्मा र विष्णु लागे तल र माथि ।

विष्णु पाताल पुगी शेषनागसित भेटेर लिंगको मूलबारे सोधनी गर्दा उनले भने– अनादि रूप लिंगको मूल कसरी फेला पार्न सकिन्छ रु यस किसिमको विवादास्पद प्राकृत अवस्था छोडेर आफ्नो निजी शान्त स्वरूप सम्झनुपर्‍यो । विष्णुलाई लाग्यो, ठीकै छ, नसकिने काममा दुराग्रह किन गर्नु रु लिंगको मूल फेला पार्न नसकेको कुरा ब्रह्मासमक्ष म स्पष्ट उल्लेख गर्नेछु भनी विष्णु फर्किए ।

त्यस्तै आकाशतिर लागेका ब्रह्माजी ब्रह्मलोकभन्दा माथि गोलोक पुगे तर लिंगको शिर पत्ता लागेन । प्रतिस्पर्धामा विजयी नबन्ने स्थिति ब्रह्माजीलाई आभास भयो । ब्रह्माजीले बाटोमा भेटेका कामधेनु गाई र केतुकी पुष्पलाई साक्षी तुल्याएर पहिलेको ठाउँमा फर्किए ।विष्णुले फेद पत्ता नलागेको कुरा स्विकारे । तर ब्रह्माले झूटो साक्षी राखी लिंगको अन्त्य पत्ता लगाएको बयान दिए । झुटो बयान सुन्नासाथ भगवान् रुद्र ज्योतिर्लिंग स्वरूपमा महाशिवरात्रिका दिन प्रकट हुनुभयो । त्यो ज्योतिर्लिंग स्वरूपबाट ध्वनि उत्पन्न भयो– ब्रह्माजी तिमीले झूटो साक्षी बटुलेर असत्य कर्म गर्‍यौं तसर्थ त्यसको दण्ड तिमीले भोग्नैपर्छ ।

केतकी पुष्प कुनै पनि पूजामा अबदेखि प्रयोग हुने छैन । कामधेनु गाईको पनि दूध, गहुँत आदि चले पनि तिम्रो मुखचाहिँ अपवित्र, अशुद्ध मानिनेछ ।कलियुगमा गौले अशुद्ध चिज खानेछन् भनेर ज्योतिर्लिंगबाट भगवान् शिव अन्तध्र्यान हुनुभयो । असत्य बोल्ने गौको मुख अपवित्र र झूटो बयान दिने केतकी पुष्पलाई पूजामा वर्जित गरियो । भगवान् शिवलाई गौर वर्ण, चन्द्रमौली महामृत्युञ्जय आदि नामले पुजा गरिन्छ ।

पशुपतिनाथसहित विश्वभरिका ज्योतिर्लिंग एवं शिवमन्दिरमा विश्वभरिका शिवमन्दिरहरूमा आज धुमधामका साथ महाशिवरात्रि पर्व मनाइँदैछ। यो पर्वलाई सुख, शान्ति, समृद्धि प्राप्तिका साथै राष्ट्रिय शान्ति, सामाजिक सद्भाव, आपसी मैत्री तथा करुणा भावका साथ मनाऔं ।

मङ्लबार, फाल्गुन १, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री