कुन प्रदेशमा को मुख्यमन्त्री ?

काठमाडौं। मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएपछि संविधान कार्यान्वयनको चरण सुरु भएको छ । संविधानसभाबाट बनेको नेपालको संविधान २०७२ मा उल्लेख भएअनुसार सातै प्रदेशले पाउने मुख्यमन्त्रीको टुंगो लागिसकेको छ ।

६ प्रदेशमा वाम गठबन्धनबाट मुख्यमन्त्री बन्दै छन् भने प्रदेश २ मा मधेसवादी दलले मुख्यमन्त्री बनाउँदैछन् । वाम गठबन्धनको सम्झौता अनुसार प्रदेश नम्बर १, ३, ४ र ५ मा एमालेका मुख्यमन्त्री बन्दैछन् । प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादीले पाएको छ ।

संघीयता कस्तो होला रु कसरी काम होला रु जनतामा के परिवर्तन आउला रु भन्ने आमजनताको जिज्ञासाको जवाफ प्रदेश सरकार गठन भएपछि मिल्ने निश्चित भएको छ । अहिले धेरैको चासो मुख्यमन्त्री को बन्ला भन्नेम केन्द्रित छ ।

कुन प्रदेशमा को मुख्यमन्त्री रु
प्रदेश नम्बर १ मा नेकपा एमालेका नेता शेरधन राई मुख्यमन्त्री बन्ने निश्चित भएको छ । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले प्रदेश २ मा फोरम नेता लालबाबु राउत गोद्दारलाई मुख्यमन्त्री बनाउने सहमति गरिसकेका छन् । प्रदेश ३, ४ र ५ मा एमाले नेता क्रमशस् डोरमणि पौडेल, पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेल मुख्यमन्त्री बन्दै छन् । माओवादीको भागमा परेको प्रदेश ६ मा महेन्द्रबहादुर शाही र प्रदेश ७ मा त्रिलोचन भट्ट मुख्यमन्त्री बन्दैछन् ।

आफ्नो प्रदेशको मुख्यमन्त्री चिन्नुहोस्
प्रदेश १स् शेरधन राई

बुवा जागिरमान र आमा राम्रीमायाको कोखबाट २०२७ फागनु ११ गते आमचोक गाउँपालिका(३ ९साविकको थिदिंखा–५, पसलभन्ज्याङ्ग० भोजपुरमा जन्मिएका हुन् शेरधन राई । समाजशास्त्रमा स्नातकोत्तर राईले २०४४ सालमा राजनीति थाले । उनले तीन वर्ष भूमिगत जीवन बिताएका छन् । एमाले वैकल्पिक पोलिटव्युरो सदस्य राई प्रदेश १ का सह–संयोजक पनि हुन्।प्रदेश १ एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित

अन्यायविरुद्ध सानैदेखि लड्न तयार राई २०४४ सालदेखि अनेरास्ववियुको राजनीतिमा सक्रिय भए। २०४४ सालमा अनेरास्ववियुको प्रारम्भीक कमिटि सदस्य बनेका राई अखिलको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पूर्वाञ्चल संयोजक बने।

उनको राजनीतिक यात्राले खुड्किलो चढ्दै गर्दा २०५४ सालमा एमाले फुट्यो । पार्टी फुटेपछि भोजपुरका अधिकांश नेता माले बने । उनले भने एमाले जिल्ला पार्टीको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाए। त्यसपछि उनी जिल्लामा एमालेको शक्तिशाली नेता बने।

२०५६ सालको संसदीय निर्वाचनमा राई २६ वर्षमै निर्वाचित भएर कान्छो उम्मेदवारको रुपमा संसद बने। पहिलो संविधानसभाको चुनावमा पराजित राई दोस्रो संविधानसभाका सांसद राईले संसदको सुशासन तथा अनुगमन समितिको सभापति भएर काम गरे।

दोस्रो संविधानसभा सदस्य भएकै बेला राई पहिलो पटक मन्त्री बने। उनले त्यो बेला आकर्षक मानिने सूचना तथा सञ्चार मन्त्रालय सम्हाले । माघ २६ गते प्रदेश १ को संसदीय दलको नेताका लागि भएको निर्वाचनमा एमाले सचिवसमेत रहेका प्रदेश १ का संयोजक भीम आचार्यलाई पराजित गर्दै राई संसदीय दलको नेता बनेका हुन्।

एमालेको विधानमा संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने प्रावधान रहेकाले राईलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । एमाले संसदीय दलको नेतामा विजयी राईले २६ मत ल्याउँदा आचार्यले २४ मत ल्याए । प्रदेश १ मा एमालेका ५१ सांसद भए पनि एक मत बदर भएको थियो ।

प्रदेश २स् लालबाबु राउत

लालबाबु राउत गद्धी पर्साको साविकको जगरनाथपुर गाविस–३ मा बुवा दशरथ र आमा राधिका राउतको कोखबाट २०२३ सालमा जन्मिएका हुन् । उनले राजनीतिक यात्रा नेपाली कांग्रेसको मातृ संगठन नेपाल विधार्थी संघबाट सुरु गरे ।राजधानी मागेको वीरगन्जले पायो मुख्यमन्त्री १

उनी अहिले वीरगन्ज महानगरपालिका–१५ मा बस्छन् । ठाकुरराम बहुमुखी क्याम्पसमा पढ्दै गर्दा उनी नेविसंघमा आबद्ध भए । राउत २०५८ सालपछि मात्रै तत्कालीन मधेसी जनअधिकार फोरममा आबद्ध भए। त्यसपछि उनी मधेसकेन्द्रित राजनीतिमा होमिए ।

अङग्रेजीमा स्नातकोत्तर र कानुनमा स्नातक गद्धी पूर्व प्राध्यापक पनि हुन् । उनले ठाकुरराम बहुमुखी क्याम्पसमा २०५० देखि २०६१ सालसम्म अध्ययपन गरे । उनी नेपाल सरकारका पूर्वकर्मचारी पनि हुन् । तत्कालीन वीरगञ्ज उपमहानगरपालिका कार्यालयमा २०५२ सालदेखि दोश्रो श्रेणीको अधिकृतका रुपमा कार्यरत थिए ।

विभिन्न समयमा फोरम पार्टी विभाजन हुँदा पनि उपेन्द्र यादवको साथ छोडेनन् । फोरमका राष्ट्रिय उपाध्यक्ष गद्धी, संविधानसभाको दोश्रो निर्वाचनबाट समानुपातिकमा सभासद निर्वाचित भए । मंसिरमा सम्पन्न प्रदेशसभाको निर्वाचनमा उनी पर्साको क्षेत्र नम्बर १ ९ख०बाट निर्वाचित भए । यो विजयसँगै उनले संघीय नेपालमा प्रदेश २ को पहिलो मुख्यमन्त्री बन्ने मौका पाएका छन् ।

प्रदेश ३स् डोरमणि पौडेल

डोरमणि पौडेलको जन्म २००४ सालमा भएको हो । हेटौंडाको विकासका योजनाकार पौडेल २०६४ र २०५४ मा हेटौंडा नगरपालिकाको मेयरमा निर्वाचत भए । एक दशक मेयर बनेर काम गरेका उनलाई अबको पाँच वर्ष प्रदेश नम्बर ३ मुख्यमन्त्री बन्ने अवसर मिलेको छ । ७० वर्षीय पौडेल ३८ वर्षदेखि राजनीतिमा सक्रिय छन्। २०५४ सालदेखि निरन्तर नेपाल नगरपालिका संघका अध्यक्ष रहेका उनी राजनीतिक मुद्दामा चार पटक कैद सजाय र १८ पटक प्रहरी हिरासतमा परेका छन् ।प्रदेश(३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल नियुक्त

प्रदेश ४स् पृथ्वी सुब्बा गुरुङ

नेकपा एमालेका सचिव समेत रहेका पृथ्वी सुब्बा गुरुङ पार्टीमा भलाद्मी र बौद्धिक नेताका रुपमा चिनिन्छन् । उनको जन्म २०१४ साल फागुन १ गते गंगाप्रसाद र चिनी गुरुङका छोराका रुपमा गिलुङ गाविस ८, टक्सार ९हाल क्होला सोंथार गाउँपालिका–९, टक्सार, लमजुङ० मा भएको हो ।पृथ्वी सुब्बा गुरुङस् शिक्षकदेखि मुख्यमन्त्रीसम्म

विज्ञानमा स्नातक गुरुङ पञ्चायतकालमै २०३४ सालदेखि राजनीतिमा होमिएका थिए । सुरुमा शिक्षण पेशामा आवद्ध उनी त्यहीँबाट राजनीतिमा होमिएका थिए । शिक्षणमै हुँदा आन्दोलनमा उत्रेकाले उनी पटक पटक पञ्चायतकालमै प्रहरी हिरासतमा परेका थिए । २०४० मंसिरमा उनी नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्षमा निर्वा्चित भएका थिए ।

उनको राजनीतिक यात्रा भने २०२७ सालमा ईशानेश्वर प्रमोद हाईस्कुल, भोर्लेटार ९अनेरास्ववियूको तर्फबाट स्ववियु सचिव निर्वा्चित भएसँगै सुरु भएको हो। राजनीतिक यात्रासँगै उनले २०३७ मा तत्कालीन नेकपा मालेको सदस्यता लिएका थिए ।

बहुदलपछिका दुई संसदीय निर्वाचनमा उनले लमजुङबाट जित आत्मसाथ गर्न सकेनन् । तर, २०६२र६३ को जनआन्दोलनपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर २ बाट १९ हजार ५ सय ८३ मतसहित उनी प्रतिनिधि सभामा विजयी भएका थिए ।

लमजुङमा अत्यन्तै कमजोर अवस्थामा रहेको कम्युनिष्ट राजनीतिको जग बलियो बनाउन गुरुङले बहुदलको आन्दोलनका समयमा निक्कै मिहिनेत गरेका थिए । तर, २०५१ र २०५६ सालको आमनिर्वाचन लमजुङमा एमालेले हार भोग्यो । २०६४ सालको संविधानसभाको निर्वाचनमा लमजुङमा एमालेले जित्न सफल भयो। २०६४ सालको संविधानसभाको निर्वाचनमा गुरुङले कांग्रेस उम्मेदवार घर्तीलाई छ हजारको मतान्तरले हराएका थिए ।

त्यो बेला उनले नेपाली कांग्रेसका नेता दिलबहादुर घर्तीलाई पराजित गरेका थिए । घर्तीले १३ हजार ६ सय ९९ मत ल्याएका थिए । नेकपा एमालेमा जनजातितर्फबाट सचिवको जिम्मेवारीमा पनि रहेका गुरुङ एक पटक मन्त्री पनि भइसकेका छन् । तर, गुरुङ २०७० को संविधानसभाको निर्वाचनमा कांग्रेस उम्मेदवारसँग पराजित भए ।

उनी २०६२–०६३ को दोस्रो जनआन्दोलन सफल भएपछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री पनि बनेका थिए । गुरुङले पटक पटक आदिवासी जनजाति महासंघको पनि नेतृत्व गरिसकेका छन् । गुरुङले ४ नम्बर प्रदेश तमु जातिको बाहुल्य क्षेत्र रहेकाले तमु भाषालाई सरकारी कामकाजमा प्रयोगमा ल्याउने प्रतिवद्धता जनाएका छन् ।

नेता गुरुङले ४ नं। प्रदेशमा गुरुङसँगै मगर भाषालाई पनि कामकाजी भाषामा प्रयोगमा ल्याइने बताएका छन् । गुरुङमाथि उपाध्यक्ष अशोक राईले एमाले छाड्दा र त्यही क्रममा पार्टीमा चर्को जातीय राजनीति गरेको आरोप पनि लागेको थियो ।

गुरुङले पहिलो संविधान सभामा रहँदा आदिवासी जनजाति सभासद् सदस्य रहेको ’ककस’ पनि नेतृत्व गरिसकेका छन् ।तर, अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा जान खोजेको आरोप पनि उनीमाथि लागेको थियो । उनले यी आरोपबीच एमालेमै रहेर आफ्नो राजनीतिक यात्रामा अघि बढिरहे ।

प्रदेश ५स् शंकर पोखरेल

शंकर पोखरेल एमालेभित्र वैचारिक र सांगठनिक कार्यशलता भएको नेताको रुपमा चिनिन्छन् । भारतमा अध्ययनरत भएका बेला उनी प्रवासी नेपाली विद्यार्थीहरुको नेताको रुपमा राजनीतिमा प्रवेश गरेका हुन् ।क्ष्mबनभ चभकगति ायच शंकर पोखरेल स् बललबउगचलबउयकत

अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष नेता पोखरेलले जननेता स्वर्गीय मदन भण्डारीसँग लामो समय निकट रहेर काम गरे । पोखरेलले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिको जिम्मेवारी कुशलतापूर्वक पूरा गरे ।

नेता पोखरेलको जन्म २०१९ साल फागुन १५ गते दाङको तुलसीपुर उपमहानगरपालिका(१९, हाडिमेमा बुवा केशवराज र आमा तिलकादेवी शर्माको कोखमा कान्छो सन्तानको रुपमा भएको हो ।

२०३६ सालमा भएको विद्यार्थी आन्दोलन, २०४५र४६ मा पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका पोखरेलले २०६२र६३ को जनआन्दोलनमा राजधानीमै बसेर नेतृत्वदायी मोर्चा सम्महाले ।

पोखरेल ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भए । पहिलो संविधानसभामा राज्य पुनर्संरचनाको खाका कोर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रतिनिधिसभा र प्रदेश सभाको चुनावकै समयमा मुख्यमन्त्रीको दाबेदारी पेश गर्दै पोखरेलले प्रदेशसभाबाट उम्मेदवारी दिएका हुन् । सात प्रदेशमध्ये उनी मात्र निर्विकल्प मुख्यमन्त्रीको रुपमा चुनावी मैदानमा गएका थिए । आइतबार मात्र प्रदेश ५ को मुख्यमन्त्रीको एक मात्र बहुमतसहितको दाबीपत्र प्रदेश प्रमुख उमाकान्त झालाई बुझाएका छन् । यो पत्रसँगै प्रदेश ५ मा उनी मुख्यमन्त्री बन्ने पकका भएको हो ।

प्रदेश ६स् महेन्द्रबहादुर शाही

महेन्द्रबहादुर शाहीको जन्म २०३३ साल माघ १५ गते कालिकोटको पचालझरना गाउँपालिका ९साविकको नानिकोट गाविस ८० लालबहादुर र आमा रनकौडा शाहीको कोखबाट भएको हो । उनी दुई वर्षकै हुँदा उनका पिताको निधन भएको थियो । शाहीसँग राजनीतिक र फौजी दुबै मोर्चामा काम गरेको अनुभव छ । ०५२ सालको सशस्त्र जनयुद्धको सुरुदेखि नै उनी भूमिगत भए ।माओवादी नेता शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो

शाहीले शिक्षकको सल्ला अनुसार २०४८ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका हुन् । कम्युनिस्ट पार्टीको सदस्यता लिएसँगै उनी फौजी तालिम र युद्धको तयारीमा जुटे । २०५२ सालमा माओवादीले जनयुद्ध थालेसँगै उनी पनि त्यसमा होमिए । २०५२ सालबाटै जनयुद्धमा होमिएका उनी पार्टीको संगठन र छापामारमा समानान्तर भूमिकामा रहे ।

शाहीले २०४८ सालमा नेकपा मसाल एकता केन्द्रबाट औपचारिक रुपमा राजनीतिक यात्रा सुरु गरे । २०४९ सालमा उनीविरुद्ध प्रहरीले वारेन्ट जारी गर्यो । २०५२ बाट उनी भूमिगत र सशस्त्र युद्धमा होमिए ।

२०५३ सालमा मध्यमान्चलको गुरिल्ला गठनमा सदस्यदेखि लडाकू जीवनमा प्रवेश गरेका शाही राजनीतिक र सैन्य जिम्मेवारीमा निरन्तर रहे । युद्धताका उनले बुटवलदेखि दार्चुलासम्म भएका युद्धको नेतृत्वदायी भूमिका निार्वह गरे ।

जनयुद्धमा वार्ड कमाण्डर, स्क्वाड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डर र बिग्रेड कमाण्डर हुँदै डिभिजन कमाण्डर भएर काम गरेको अनुभव शाहीसँग छ । सेना समायोजनताका सम्मानजनक पद नपाएपछि उनी राजनीतिमा होमिएका हुन् ।

नेता शाही २०७० को संविधाननसभा निर्वाचनमा कालिकोट १ बाट प्रत्यक्षबाट निर्वाचित भए । ऊर्जामन्त्री समेत भइसकेका शाही कालिकोटको प्रदेशसभा ९ख० बाट निर्वाचित प्रदेशसभा सदस्य भएका हुन् ।

प्रदेश ७स् त्रिलोचन भट्ट

त्रिलोचन भट्टको जन्म २०२६ सालमा बुबा प्रसाद र आमा शारदादेवी भट्टको कोखबाट केआईसिंह गाउँपालिका ६ मा भएको हो । भट्टले औपचारिक शिक्षा भने एसएसी मात्रै गरेका छन् । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट राष्ट्रिय राजनीतिमा कम चर्चा पाएका नेता हुन् । लामो समयदेखि कम्युनिस्ट राजनीतिमा रहेका नेता भट्ट नेकपा एकता केन्द्र हुँदै माओवादीमा प्रवेश गरेका हुन् ।

उनी २०४७ सालदेखि नेकपा एकता केन्द्रमा आबद्ध थिए । अहिले उनी माओवादी केन्द्रको डोटी जिल्लाका इञ्चार्ज र पार्टीको पोलिटब्युरो सदस्य हुन् । २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा पराजित भट्ट प्रदेशसभा चुनावमा डोटी क्षेत्र नम्बर १ ९ख०बाट निर्वाचित भएका हुन् ।

पार्टीको जिल्ला कमिटी सदस्य, क्षेत्रीय कमिटी सदस्य हुँदै भट्ट २०६२ सालमा डोटी जिल्ला सचिव भए । उनले त्यससँगै माओवादीको सेती महाकाली क्षेत्रीय ब्युरो सदस्यको जिम्मेवारी समेत सम्हाले । भट्ट २०६३ सालमा पार्टीको जिल्ला ईञ्चार्ज भए । उनी २०७० सालदेखि माओवादी केन्द्रको जिल्ला अध्यक्ष छन् ।

सोमवार, माघ २९, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री