कहालीलाग्दो सत्य : १२ बर्षीया बालिका आफ्नै बुवाबाट पटक-पटक बलात्कृत

काठमाडौँ । पीडित बालिका र किशोरीले आलतबाट मुद्धा जिते पनि परिवार र समाज नै बाधक बन्ने गरेकाले उनीहरुले न्याय पाउँदैनन्।

ईलाका प्रहरी कार्यालय बुटवलमा २०७४ साउनमा रपन्देही, देवीनगरकी १२ बर्षीया बालिकाको उजुरी पर्यो। उजुरी आफ्नै बुवाविरुद्ध थियो।

बालिकाको उजुरीमा घरायसी झैझगडा सम्बन्धी विषय उल्लेख भए पनि प्रहरीले जब उनलाई आफुले भोगेका समस्या ढुक्कसँग राख्न सक्ने वातावरण बनाईदियो, एउटा कहालीलाग्दो सत्य बाहिर आयो । ती बालिका आफ्नै बुवाबाट पटकपटक बलात्कृत हुँदै आएका रहिछन्।

१२ बर्षीया अबोध बालिकाको दर्दनाक कथाव्यथा सुनेर प्रहरीको समेत मथिंगल हल्लियो। बुबाले ६ महिनादेखि आफुलाई बलात्कार गर्दै आएको कुरा उनले प्रहरीसामु खेलिन् । यो तथ्य उजागर भएपछि प्रहरीले बालिकाकी आमालाई उजुरी दिन आग्रह गर्यो। तर आमाले मानिन् ।

अन्ततः मावलीतर्फकी हजुरआमाले किटानी जाहेरी दिईन । मुद्धा प्रक्रिया अघि बढ्यो र बुवा जेल चलान भए।

सोमवार, माघ २९, २०७४ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री