यस्ता संकेत देखिए भने सम्झनुहोस् केही राम्रो हुँदैछ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ माघ २०७४, सोमबार ०५:१८

कुनै पनि व्यक्तिको पैसासँग जोडिएको इच्छा कहिले पुरा होला ? धनकी देवी महालक्ष्मीको कृपा कहिले मिल्ला ? यो जान्नका लागि ज्योतिष शास्त्रमा केही संकेतबारे उल्लेख गरिएको छ । मान्यता छ कि जहिले पनि यस्ता संकेत देखिन्छन्, त्यतिबेला सभ्झिनु पर्छ कि व्यक्तिलाई धनकी देवी लक्ष्मीको कृपा मिल्नेवाला छ ।

यस्ता छन् संकेतहरुः

–बिहानै उठेर तपाईको पहिलो नजर दुध या दहीले भरिएको भाँडोमा पर्छ भने सम्झनुहोस् केही शुभ हुनेवाला छ ।

–विहानै शंख, मन्दिरको घन्टीको आवाज सुनिनु पनि शुभको संकेत हो ।

–यदि कुनै व्यक्तिलाई विहान उठ्नेवित्तिकै उखुको बोट तथा उखु देखिन्छ भने पनि भिवष्यमा धन सम्बन्धी मामलामा सफलता प्राप्त हुने छ ।

–यदि कुनै व्यक्तिलाई सपनामा पटक–पटक पानी, हरियाली, लक्ष्मीको वाहन उल्लू देखिन्छ भने सम्झनुहोस् कि आउने समयमा तपाईको धनसम्बन्धी सबै समस्या हट्ने छ ।

–यदि तपाई कुनै काम विशेषका लागि बाहिर निस्किनुभयो र बाटामा रातो सारीसहित सोह्र श्रृंगारमा कुनै महिला देखिइन् भने यो पनि महालक्ष्मीको कृपाको इसारा हो । विहान विहानै यस्तो देख्न पाइयो भने त्यो दिन तपाईका लागि महत्वपूर्ण बन्ने छ ।

–नारिवल, शंख, मयूर, हाँस, फूल आदि चीज–वस्तु विहान विहानै देखिन्छन् भने यो पनि शुभ संकेत हो ।

–शास्त्रका अनुसार शुक्रवार महालक्ष्मीको पूजा गर्दा विशेष कृपा प्राप्त हुन्छ । यो दिन यदि कुनै कन्याले तपाईलाई सिक्का दिइन भने पनि यो शुभ संकेत हो ।

–यदि घरबाट निस्कदा बाटोमा गाई देखिन्छ भने पनि यो शुभ संकेत हो । यदि गाई सेतो रंगको छ भने त यो झन धेरै शुभको संकेत हुन्छ ।

–यदि कुनै व्यक्तिलाई सपनामा सेतो तथा सुनजस्तो सर्प देखिन्छ भने पनि यो महालक्ष्मीको कृपा प्राप्त हुने संकेत हो ।

–यदि घरबाट निस्कनेवित्तिकै कुनै सफाईकर्मी (सरसफाई गर्ने व्यक्ति) देखिए भने पनि यो शुभ संकेत हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१