डन्डिफोर आयो ? ध्यान दिनुहोस् यी कुरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ माघ २०७४, सोमबार ०४:५७

कमला श्रेष्ठ \ ब्युटिसियन

धुवाँ, धुलो र घामका कारण मानिसमा डन्डिफोर देखा पर्छ । डन्डिफोरबाट मुक्त हुनका लागि हामी यी तीन चिजबाट बच्न जरुरी छ । यसका साथै स्वस्थ जीवनशैली पनि डन्डिफोरका लागि औषधि हो । डन्डिफोर आएमा यस्ता कुरामा ध्यान दिन जरुरी छ ः

बिहान उठेपछि र सुत्ने वेला फेसवास र क्लिन्जिङले राम्रोसँग सफा गर्ने बानी बसाउनुपर्छ । जुन पायो त्यही क्रिमले मेकअप गर्नु हुँदैन । किनभने मेकअपमा हुने गल्तीका कारण पनि अनुहारमा डन्डिफोर आउन सक्छ ।

घरबाट बाहिर निस्कँदा क्वालिटीयुक्त सन्स्क्रिमको प्रयोग गर्नुपर्छ । अहिले बजारमा वाटरप्रुफ मेकअप सामग्री प्रशस्त पाइन्छन् । यस्ता मेकअप सामग्रीको प्रयोगले पसिनाले छालामा गर्ने हानिबाट पनि जोगाउँछ ।

डन्डिफोर आउन थालेपछि त्यसलाई कोट्याउने तथा निचोर्ने गर्नु हुँदैन । यसो गर्दा झन् समस्या बल्झन सक्छ ।

दैनिक आठदेखि १० गिलास पानी पिउने बानी गर्दा डन्डिफोरबाट मुक्त हुन सकिन्छ ।

मसाज जेल वा पाउडरले ५ मिनेटसम्म मसाज गर्दा पनि डन्डिफोरबाट मुक्त हुन सकिन्छ ।

फेस स्टिम लिनुका साथै डन्डिफोर पनि सफा गरिरहनुपर्छ ।

एन्टिपिम्पल्स फेसप्याकको प्रयोगले पनि यसको समस्याबाट छुटकारा मिल्न सक्छ । र, छालालाई सुक्खा बनाउने क्रिमको पनि प्रयोग गर्नुपर्छ ।

यसो नगर्नुस्
डन्डिफोरबाट ग्रसित मानिसले धेरै चिल्लो खाना, कपालमा तेल हालेर बस्ने, अनुहारको चिल्लो हटाउन क्लिन्जिङ प्रयोगलगायतका गतिविधि गर्नु हुँदैन ।

नांगो छालालाई कपडाले राम्रोसँग छोपेर मात्र बाहिर हिँड्नुपर्छ र सकेसम्म ड्राइफुडको प्रयोग गर्नु हुँदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१