पेटको समस्यालाई यसरी घरेलु उपचारले ठीक पार्नुस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ माघ २०७४, सोमबार ०४:५५

काठमाडौं । पेट स्वस्थ हुँदा शरीर पनि तन्दुरुस्त रहन्छ । पाचन वा पेटसम्बन्धी कुनै समस्या हुँदा स्वास्थ्यका अन्य समस्या पनि आइलाग्छन् । लगभग एकतिहाइ जनसंख्या पेटको समस्याले ग्रस्त छ । यहाँ हामी घरेलु उपाय अपनाएर पेटको समस्या हटाउने उपाय बताउँदैछौं।

पीडा नाश गर्न
पेटमा पीडा भइरहन्छ भने अलिकति रातो खुर्सानीमा सक्खर मिसाएर खाँदा पीडा हट्छ । तैपनि ठीक भएन भने चाहिँ चिकित्सकको परामर्श लिनुपर्छ ।

कब्जियतबाट छुटकारा
बिहान पेट सफा भएन भने दिनभरि शरीर भारी हुन्छ । पेट सफ ागर्नका लागि एक चम्चा बेकिङ सोडालाई एक गिलास पानीमा हालेर पिउनुस् । बिहान कब्जियत हट्छ ।

पेट स्वस्थ राख्ने नियम
पेट स्वस्थ राख्नका लागि खानपान सही हुनुपर्छ । बिहान उठेर खाली पेट पानी पिउनुस् । दिउँसोको खाना खाएपछि लस्सी र राति खानापछि दूध पिउँदा पनि पेट स्वस्थ रहन्छ ।

भोक बढाउनुस्
पाचनक्रियामा गडबडी हुँदा भोक कम लाग्छ । यस्तो हुँदा अलिअलि बेरमा कालो नून चाट्ने गर्नुस् । अनि सर्स्युँको तेलमा बनाएको खाना खाने गर्नुस् । यसले पाचन क्रिया राम्रो बनाइदिन्छ ।

खाली पेट
पेटमा एसिड बन्ने कुराहरू बिहानीपख नखानुस् । मसलायुक्त भोजन, अमिलो फल, सोडा, रक्सी, कफी र चिया बिहान नपिउनुस् ।

अमला
अमला पेटका लागि रामवाण हो । दिनदिनै एक कप पानीमा दुई चम्चा अमलाको रस हालेर पिउनुस् । अमलाको सेवनले शरीरमा रहेका विषालु तत्त्व पनि निस्केर जान्छन् अनि पेट स्वस्थ रहन्छ ।

बलियो पाचनतन्त्र
भोजनमा फाइबरयुक्त खानेकुरा समावेश गर्नुस् । टुसा उम्रेको अनाज, फल र जुसले शरीरलाई पोषक तत्त्व पनि दिन्छन् र पेट पनि सफा राख्छन्। अनि फाइबर खाँदा मोटोपन पनि कम हुन्छ। एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१