आईसीसी विश्व क्रिकेट लिगः नेपालद्वारा युएई पराजित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ माघ २०७४, सोमबार ०४:५४

काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपालले युएईलाई पराजित गरेको छ। नामिबियाको युनाइटेड ग्राउण्डमा आइतबार भएको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको हो ।

युएईले नेपाललाई जितका लागि दिएको ११५ रनको लक्ष्य नेपालले २८.५ ओभरमा ६ विकेट खर्चेर पूरा गर्यो । नेपालको जितका लागि कप्तान पारस खड्काले सर्वाधिक ५१ रनको योगदान दिए । उनले ४८ बलको सामना गर्दै २ चौका र ५ छक्काको मद्दतमा ५१ रन बनाएका हुन् । यस्तै आरिफ शेखले १६ रनको योगदान दिँदा आरके पौडेल र सोमपाल कापी क्रमशः १२ र १० रन बनाउँदै नटआउट रहे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक पनि छुन सकेनन्।

यसअघि नेपालले आज टस जितेपछि फिल्डिङ रोजेको थियो । ब्याटिङको निम्तो पाएको यूएईले ३१ ओभरमा सबै विकेट गुमाई ११४ रन बनाएको थियो ।
ओसिलो मैदानका कारण ३४ ओभरमा घटाइएको खेलमा युएईका लागि शइमन अन्वारले सर्वाधिक ३० रन बनाए ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामीले चार, सन्दिप लामिछानेले तीन, कप्तान पारस खड्काले दुई तथा करण केसीले एक विकेट लिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०