चक्रपथ सरसफार्इ महा-अभियानको ४३ औं हप्ता पार , १२ टन फोहोर संकलन ८०० जनाको सहभागीता

काठमाडौं ।  काठमाडौंको चक्रपथ सरसफाई महा-अभियानले ४४  औ हप्ता पार गरेको छ ।

लोकवहादुर टण्डनको  अगुवाईमा सुरु भएको चक्रपथ सरसफार्इ महा-अभियानले शनिवारदेखि ४४  औं हप्ता पुरा गरेको हो  । ग्रिनसिटी अस्पतालबाट दाया बाया बसपार्क देखि चाबहिलको गोपीकृष्ण पुल सम्म सफाइ अभियानले फोहोर संकलन गरि सबैमा सचेतना समेत आव्हान गरेको छ ।

प्रत्येक हप्ताशनिबार बिहान ७ देखि ९ बजे सम्म फोहर संकलन अभियानमा काठमाडौ महानगरपालिका , टोखानगरपालिका , लायन्स क्लब , ग्रिनसिटी अस्पताल, यतिहेल्थ साइन्स एकेडेमी, आमा समुह ,होटल ब्यबसायी संघ , हिमालय बाताबरण सस्था , पत्रकार ,कलाकार , राजनीतिज्ञ , प्रहरी सशस्त्र प्रहरी , नेपाली सेनाको समेत सहभागिता हुने गरेको छ । बिभिन्न संघसंस्थाको सहयोगमा स्वतःस्फूर्त रुपमा सरसफाई अभियान सञ्चालन हुदै आएको छ ।

ग्रिनसिटी अस्पतालको सयोजनमा प्रारंभ गरिएको सफाई अभियानबाट ४४  औ हप्तामा १२  टन फोहोर संकलन गरियो भने ८ ०० जनाको सहभागिता रहेको थियो ।

आइतवार, माघ २८, २०७४ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री