मानार्थ सहायक रथि दिएकोमा खुशी छु: राष्ट्र कवि घिमिरे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ माघ २०७४, आईतवार ०६:२६

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाल सरकारले आफूलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्जा दिएकामा खुशी व्यक्त गरेका छन् ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले राष्ट्रकवि घिमिरेलाई उक्त दर्जा दिने निर्णय गरेको थियो । लैनचौरस्थित निवासमा रासससँग कुरा गर्दै देशमा अनुशासन रहेको एक मात्र संस्था नेपाली सेना रहेको जनाउँदै देशको माटो र गरिमाको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताए ।

‘मुलुकमा शान्ति र स्थिरताका लागि सेनाले महत्वपूर्ण भूमिका खेलेको छ, मलाई दिन लागिएको दर्जाप्रति मलाई सन्तोष लागेको छ ‘, घिमिरेले भने। सेनाले एक समारोह गरी सो दर्जा प्रदान गर्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१