ग्यास्ट्रिकको समस्या छ ? खाली पेटमा लसुन खानुस्

काठमाडौं । मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । मानव स्वास्थ्यका लागि गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ। लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ।

लसुनका विशेषताको अध्ययन गर्दा यो त गजबको एन्टीबायोटिक हो भन्ने पत्ता लाग्यो। अझ खाली पेट लसुन खाँदा यसले पेटका हानिकारक ब्याक्टेरियालाई मारिदिन्छ।

ग्यास्ट्रिकको समस्या भएकाले बिहान खाली पेटमा तातो पानीसँग लसुन खादा निकै फाइदा पुग्छ।

लसुनका अन्य पनि धेरै फाइदा छन् । तपाईं मुसा तथा फंगल संक्रमणबाट बच्नका लागि छालामा लसुन दल्न सक्नुहुन्छ । छालाका अन्य धेरै रोगबाट लसुनले बचाउँछ।

लसुन खाँदा रक्तचाप स्थिर हुन्छ। यसले हाइपरटेन्सन पनि घटाउँछ।

लसुनले पेनकिलरको पनि काम गर्छ। शरीरको कुनै भाग सुन्निँदा पनि लसुनले फाइदा गर्छ।

लसुनले रगत पातलो बनाएर जम्नबाट रोक्छ।

लसुन नियमित खाँदा रुघाखोकी लाग्दैन।

स्नायुप्रणालीको गडबडीलाई पनि लसुनले रोक्छ। एजेन्सी

शनिबार, माघ २७, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री