नोजाको अध्यक्ष ढुंगानालाई रक्षामन्त्री भीमसेनदास प्रधानद्वारा पत्रकारिता सम्मान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ माघ २०७४, शनिबार ०३:५६

काठमाडौं । राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगाना सामुदायिक स्वास्थ्य तथा विकास केन्द्रको तर्फबाट रक्षामन्त्री भीमसेनदास प्रधानद्वारा सम्मानित भएका छन्।

उनलाई पत्रकारिता मार्फत राष्ट्र हितको खातिर योगदान पुर्‍याएको भन्दै सामुदायिक स्वास्थ्य तथा विकास केन्द्रले सम्मान गरेको  हो। विगत १३  वर्षदेखि पत्रकारिता गर्दै आएका ढुंगानालाई बिसेष  अवसर पारेर सम्मान गरिएको आयोजकले बताएको छ ।

निष्पक्ष पत्रकारिता र सामाजिक विषयवस्तुमा कलम चलाए वापत उनलाई कदरपत्रसहित सम्मान गरिएको आयोजकको भनाइ छ  । ढुंगाना बोष्टर मिडियाको अध्यक्ष तथा राष्ट्रिय खवर डटकमका प्रधानसम्पादक समेत हुन्।

सोही अवसरमा जया देवकोटा क्याम्पसका क्याम्पस प्रमुख भवानी प्रसाद पौडेल ,सुन्दर बजार ब्युरो प्रमुख बिष्णु कुमार श्रेष्ठ,इन्दिरा घले ,राजेस्वरी श्रेष्ठ ,दीपशिखा शर्मा लगाएतलाई पनि सम्मान गरिएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१