बङ्लादेशकी पुर्व प्रधानमन्त्री खालिदा जियालाई पाँच बर्षको जेल सजाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ माघ २०७४, शुक्रबार ०५:२१

एजेन्सी।  बङ्लादेशकी पुर्व प्रधानमन्त्री खालिदा जियालाई पाँच बर्षको जेल सजाय फैसला भएको छ । भ्रष्टाचार अरोपमाथि अन्तिम सुनुवाई गर्दै अदालतले उहाँलाई पाँच बर्ष जेल सजायको फैसला सुनाएको हो ।
कडा सुरक्षा व्यवस्थाबीच यहाँको विशेष अदालतका न्यायाधिश मोहम्मद अख्तारुज्जमानले ६३२ पृष्ठ लामो फैसला बिहीबार गर्नुभएको अधिकारीहरूले जनाएका छन् ।

अदालतले खालिदाका छोरा तारिक्यु रहमानसहित पाँच जनालाई दश दश बर्षको जेल सजाय सुनाएको छ । बङ्लादेशका कानून मन्त्री अनिसुल हकले पत्रकारसँगको कुराकानीमा भने,, “उहाँ ९खालिदा जिया०लाई बिहीबार नै जेलमा लगिनेछ ।”
उनले अहिलेको फैसलाका विरुद्धमा सर्वोच्च अदालतमा पुनरावेदन दिन सक्ने पनि मन्त्री हकले बताए । खालिदा जियासहित पाँच जना विरुद्धको भ्रष्टाचार सम्बन्धि मुद्दा सन् २००८ को जुलाईमा दर्ता भएको थियो । सन् २००१ देखि २००६ सम्म खालिदा बङ्लादेशको प्रधानमन्त्री बनेका थिइन् । जियाले वर्तमान प्रधानमन्त्री सेख हसिना नेतृत्वको सरकारले आफु र आफ्नो छोरा विरुद्ध राजनीतिक प्रतिशोध राखेर भ्रष्टाचार गरेको मुद्दा लगाएको आरोप लगाएकी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१