सांग्रिलाको ‘द मिलेनायर्स क्लब एन्ड क्यासिनो’ मूलगेटमा प्रहरीको बिनाकारण पहरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ माघ २०७४, बिहीबार ०५:४८

काठमाडौं ।  राजधानीको लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिला परिसरमा विदेशी लगानीमा सञ्चालित क्यासिनो ‘द मिलेनायर्स क्लब एन्ड क्यासिनो’ मूलगेटमा प्रहरीले बिनाकारण पहरा दिएपछि क्यासिनो खेल्न आउने पर्यटक त्रसित भएका छन्।

केही दिनदेखि नेपाल प्रहरीको एक टोली क्यासिनो मिलेनायर्सको गेटमा बस्दै आएको छ। कुनै दिन प्रहरी निरीक्षक र कुनै दिन हबलदारको कमान्डमा प्रहरी टोली गेटमा पहरा दिन थालेपछि क्यासिनोमा खेल्न आउने पर्यटक आत्तिएको व्यवस्थापनले जनाएको छ।

‘विदेशी लगानीको मात्र नभई विदेशी पर्यटकमात्र प्रवेश गरी खेल्न पाउने क्यासिनोका गेटमा प्रहरी उभिएपछि पर्यटकले के बुझ्छन्रु,’ क्यासिनो मिलेनायर्सको लगानीकर्ता अस्ट्रेलियास्थित बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपको नेपाली साझेदार कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिका कार्यकारी अध्यक्ष राजेन्द्र बजगाईंले  भने, ‘गेटमा उभिएका प्रहरीलाई कसले र के कारण पठायो भन्दा माथिको आदेश भन्छन्। हामी अचम्मित छौं।’

विदेशी पर्यटक आकर्षित गर्ने क्यासिनोको गेटमा बिनाकारण प्रहरी उभिएपछि पर्यटक क्यासिनो प्रवेश गर्न हिच्किचाइरहेको बजगाईंले बताए। यसबाट विदेशी लगानी निरुत्साहित हुने उनले बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१