महारानी बन्दै करीना कपुर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ माघ २०७४, बिहीबार ०५:३८

मुम्बई ।  शैफअली खानसँग विहे गरेपछि खासै चर्चामा नरहेकी अभिनेत्री करीना कपुरले ठूलो पर्दामा महारानीको भुमिका गर्न चाहेको बताएकी छन्।

हालै सम्पन्न एक फेसन वीकमा (याम्प वाक गर्दै उनले यस्तो बताएकी हुन्। फेसन वीकमा उनका पति शैफअली खान शो स्टपरको रुपमा (याम्पमा हिँडेका थिए। सोही कार्यक्रमको दौरानमा उनले आफू ऐतिहासिक महारानीको भुमिकामा पर्दामा आउन चाहेको खुलाएकी हुन्।

भारतीय मिडियाहरुले जनाएअनुसार करीना जयपुरकी महारानी गायत्री देवीको भुमिका गर्न चाहन्छिन्, जसलाई कसैले पनि पर्दामा उतारेका छैनन्।

जयपुरकी महारानी गायत्री देवीको जिन्दगी साँच्चै नै रोमान्चक रहेको थियो। बेलायतमा जन्मेकी गात्रीदेवीले जयपुरकी तेस्रो महारानीको रुपमा सन् १९४० देखि १०४९ सम्म लगातार ९ वर्ष शासन चलाएकी थिइन्। सन् २००९ मा मृत्युवरण गरेकी गायत्रीदेवीलाई कुशल राजनीतिज्ञ भनेर पनि चिनिन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१