कृषि विकास बैंकको ५ करोड घोटालाकी योजनाकार दिपिका पुर्पक्षका लागि जेल चलान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ माघ २०७४, बिहीबार ०५:११

काठमाडौं । कृषि विकास बैंक, न्यूरोड शाखाको करिब ५ करोड रुपैयाँ हिनामाना काण्डकी योजनाकार बैंककै सहायक टेलर दिपिका रेग्मीलाई जेल चलान गरिएको छ ।

उच्च अदालत, पाटनले बुधबार उनलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।

घटनामा मुछिएका मुख्य प्रबन्धक प्रेमहरि ढुंगेललाई १ करोड, इसीसी प्रमुख गोपाल गिरीलाई ५० लाख, कर्जा प्रमुख महेश्वर मरहट्टा र सरिल रेग्मीलाई २५र२५ लाख र तेह्रथुम घर भइ हाल काठमाडौंको बालाजु बस्दै आएका ज्वलरी पसल सञ्चालक प्रकाश घतानीलाई ५ लाख रुपैयाँ धरौटी मागिएको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०का प्रवक्ता जीवन श्रेष्ठले अनलाइनखबरलाई बताए ।

त्यस्तै, तारनाथ पाण्डेलाई १ लाख रुपैयाँ धरौटी माग गरिएको छ भने बैंकका सुरक्षागार्ड रमेशकुमार थापालाई साधारण तारेखमा छाडिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१