सात कुरा, जुन सँधै गोप्य राख्नुपर्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ माघ २०७४, बुधबार ०५:४०

नेपाली समाजमा एउटा प्रचलित उखान छ, ‘दुई तोलाको जिब्रो फड्काल्नु भन्दा डेढ धार्नीको टाउको हल्लाउनु बेस ।’

मुखलाई नियन्त्रण नगर्दा हामी समस्यामा पनि पर्न सक्छौ । त्यसैले जथाभावी वा मनमा आएजति बोल्नु सही होइन । अझ कतिपय यस्ता कुरा हुन्छन्, जसका लागि गोपनियता अपनाउनुपर्छ ।

यो पुरुष वा स्त्री दुबैको हकमा हुन्छ । हरेक मानिसको आफ्नो नितान्त व्यक्तिगत कुराहरु हुन्छन् । यस्ता कुरा, साथीभाईका माझ मात्र होइन परिवारजनसँग पनि साझेदार गर्नु उपयुक्त हुँदैन । परिवारजन मात्र पनि होइन, प्रेमी-प्रेमिका वा पति-पत्निबीच पनि खोल्नु हुँदैन ।

गोप्य राखिनुपर्ने कुराहरु यदि खोलिदियौं भने हामीले कति समस्याहरु झेल्नुपर्ने हुन सक्छ । यहाँ हामी ती ७ कुराहरु प्रस्तुत गर्दैछौं, जसलाई गरुड पुराणले गोप्य राख्नुपर्ने भनेर सुझाव दिएको छ ।

१. अपमान

यदि कुनै कारणले कतै अपमानको सामना गरिएको छ भने त्यसलाई गोप्य राख्नु नै श्रेयस्कर हुन्छ । यो कुरा अरुलाई थाहा भयो भने उनीहरुले मजाक बनाउनेछन् ।

२. धन हानी

अहिलेको युगमा धन सम्पत्तिलाई नै कुनै पनि व्यक्तिको शक्ति र सामथ्र्यको मुख्य सूचक मानिन्छ । सामान्यतया धनकै आधारमा सम्वन्धहरु बन्छन् र भत्किन्छन् । अतः यदि कहिल्यै धन हानीको सामना गर्नुपर्‍यो भने यस कुरालाई गोप्य नै राख्नु उचित हुन्छ ।

आफ्नो धन नाश भएको अरुलाई सुनाउँदै हिँड्ने हो भने साथीभाईले समेत दुरी बढाउन थाल्नेछन् ।संकटको बेला सहयोग गर्न पनि कोही निस्किदैन । साथै एकाएक कतैबाट ठूलो धनराशी आर्जन भयो भने यो कुरालाई पनि गोप्य नै राख्नु पर्छ ।

३. पति-पत्नीको एकान्त

पति-पत्नीले आफ्नो एकान्तको विशेष ख्याल राख्नुपर्छ । एकान्तमा गरिएका कुराहरु सधै गोप्य राखिनु उचित हुन्छ । यदि पति-पत्नीको एकान्तका कुराहरु अरुलाई थाहा भयो भने यसले उनीहरुको चरित्र र सामाजिक जीवनलाई राम्रो गर्दैन ।

४. मन्त्र

गुरुले दिएको मन्त्रलाई सँधै गुप्त राख्नुपर्छ । गुरुमन्त्र त्यतिबेला मात्रै सिद्ध हुन्छ, जब यसलाई गोप्य राखिन्छ । मन्त्रलाई गोप्य राख्दा चाँडै नै राम्रो फल प्राप्त हुने गरुड पुराणमा उल्लेख गरिएको छ ।

५. दान

गुप्त दानको विशेष महत्व ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ । जो मानिसहरु गोप्यरुपमा दान गर्छन्, उनीहरुलाई देवी-देवताको कृपाले सबै सुख सुविधाहरु प्राप्त हुन्छन् । धेरै हल्लाखल्ला गरेर गरिएको दानले पुण्य प्राप्त हुँदैन ।

६. पद-प्रतिष्ठा

कुनै ठूलो पदमा पुगियो र त्यसवापत प्रशस्त मान-सम्मान प्राप्त गरियो भने यस कुरालाई गोप्य राख्नुपर्छ । अर्को व्यक्तिलाई यस्तो कुरा सेयर गर्नुभयो भने उभित्र ईष्र्याको भावना जाग्नेछ र आफु बिरुद्ध षडयन्त्र गर्न थाल्नेछ । यसबाट हामीले आर्जन गरेको पद र प्रतिष्ठा पनि गुम्ने खतरा हुन्छ ।

७. घरभित्रको झगडा

अधिकांश परिवारमा स-साना झैंझगडा भइरहन्छन् । तर, घरभित्रको आपसी झगडा कहिल्यै पनि बाहिर फैलाउनु हुँदैन । यसो गर्दा समाजमा परिवारको प्रतिष्ठामा आँच आउनेछ । साथै आन्तरिक झगडाबाट बाह्य तत्वहरुले फाइदा उठाउन सक्नेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०