भोकले कोही नमरोस् भन्दै मदनकृष्ण श्रेष्ठ म्युजिक भिडियोमा

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अभिनित म्युजिक भिडियो बाहिरीएको छ । मदनकृष्ण अभिनित ‘भोकले कोही नमरोस्’ बोलको स्वदेशगानको भिडियो बाहिरीएको हो । धापाखेल ललितपुरमा घर भई अष्ट्रेलिया बस्दै आएका श्यामराज दाहालको स्वर रहेको गीतका शब्द लोकप्रिय गीतकार दिनेश अधिकारीले लेखेका हुन् । राष्ट्रिय भावना समेटिएको स्वदेशगानमा आवाज दिँदै श्यामराजले गायकको परिचय बनाएका छन् । गीतले देश सबैका लागि प्यारो बनोस्, आँशुमा कसैले डुब्न नपरोस्लगायतका भावलाई व्यक्त गरेको छ । बुढासुब्बा म्युजिकले बजार व्यवस्थापन गरेको भिडियो युट्युबमा पनि गतिलै रुचाईएको छ । कृष्ण आचार्यको निर्देशनमा निर्माण भएको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने निशान भट्टराईको सम्पादन रहेको छ । हेर्नुहोस् भिडियो ।

सोमवार, माघ २२, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री