कुवेत गएका कामदार बालबच्चासहित धमाधम फर्कंदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ माघ २०७४, सोमबार ०४:३७

काठमाडौँ । सिन्धुपाल्चोककी सुष्मा तामाङ नाम परिवर्तन आफूले जन्माएको ४ वर्षे छोरालाई आफूसँगै कुवेतबाट स्वदेश लैजान पाउने भएपछि बिहीबार निकै खुसी भइन्।

उनी आफैंलाई त स्वदेश फिर्न समस्या थिएन। तर, साथमा छोरो पनि भएपछि फर्कन सकिरहेकी थिइनन्।

‘नचाहँदा नचाहँदै बच्चा जन्मिहाल्यो। कोखबाट जन्मिसकेपछि माया लाग्दोरहेछ,’ कुवेतस्थित मंगापमा बस्दै आएकी सुष्माले फोनमा भनिन्, ‘अरूको जिम्मा लगाउन सकिनँ। आफैं लिएर जान्छु। कर्म दिलाउँछु।’

उनी ८ वर्षअघि घरेलु कामदार हाउसमेडका रूपमा कुवेत पुगेकी थिइन्। घरभित्रको काम सहज थिएन। दैनिक यातना सहनुपथ्र्यो। जसोतसो भागेर निस्कँदा नवलपरासीका एक युवकसँग सम्पर्क भयो। ‘हामीसँगै बस्न थाल्यौं।

मलाई आश्रय चाहिएको थियो। उसले आश्रय दियो। सँगै बस्दै गएपछि मायाप्रेम बस्यो। बच्चा पनि जन्मियो,’ उनले भने, ‘उसले नेपाल गइसकेपछि साथ देला वा नदेला भन्न सक्दिनँ। उसको आफ्नै संसार छ। तर, मेरो संसार अब यही छोरो हुनेछ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०