घुरेर हेरेको निहुँमा’ दुई स्कुलका छात्राहरु बीच ग्याङफाइट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ माघ २०७४, शुक्रबार ०७:१२

ललितपुर। ललितपुरको पुल्चोकस्थित त्रिपद् विद्याश्रम स्कुलमा जारी टेष्ट परीक्षा हलमा ‘घुरेर हेरेको निहुँमा’ दुई स्कुलका छात्राहरु बीच ग्याङफाइट भएको छ ।

बुधबार ‘होम सेन्टर’ आफ्नै स्कुलमा टेष्ट परीक्षा दिइरहेकी त्रिपद् विद्याश्रमकी एक छात्राले आफूलाई हेरेको निहुँमा साथि उठाएर लगाएपछि ललितपुरको खोकना स्थित युवा प्रतिभा स्कुलका छात्राहरुको समुहबीच लतिलपुरको चाकुपाटमा झडप भएको हो । युवा प्रतिभा स्कुलका छात्राहरु त्रिपदमा परीक्षा दिन आएका थिए ।

ग्याङफाइटका कारण आफ्ना दुई छात्रा घाइते भएसँगै बिहीबार युवा प्रतिभा स्कुलका प्रिन्सीपल यज्ञराज दाहाल महानगरीय प्रहरी प्रभाग पुल्चोक पुगेका छन् ।

बाहिर मिलापत्र गर्नुभन्दा प्रहरीमा रेकर्ड राखेर मिलापत्र गर्न आएको भनेसँगै प्रभाग पुल्चोकका इन्सपेक्टर गोविन्द पन्थीले घाइतेको उपचार गराइदिने गरी मिलापत्र गराइएको बताए ।

उनले भने, ‘उहाँहरु आगामी दिनमा विद्यार्थीहरुबीच यस्तो नहोस् भनेर मिलापत्र गराउन आउनुभएको थियो, छात्राहरुको उमेर पनि १६ बर्ष पूरा नभएकाले मिलापत्र गराएर छाडिएको छ ।’

माघ ७ गतेदेखि जारी टेष्ट परीक्षाको क्रममा हेरेकै निहुँमा आफ्नो ग्याङ बोलाएर कुटपिट गर्ने त्रिपद विद्याश्रमका छात्राहरुले पनि शिक्षकको रोहबरमा माफी मागेका छन् ।

युवा प्रतिभा स्कुलका पिन्सिपल यज्ञराज दाहालले आफ्ना स्कुलका ४ जना छात्राहरुलाई त्रिपद स्कुलका ५ जना छात्राहरुले कुटपिट गरेको बताए । ग्याङ फाइटमा संलग्न पीडित युवतीहरुको तर्फबाट जाहेरी दर्ता नभएको हुनाले मुद्दा दर्ता नगरी मिलापत्र गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०