ऐ ऐट प्लस स्मार्टफोन बजारमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ माघ २०७४, शुक्रबार ०६:१७

काठमाडौं  । नेपालको अग्रणी स्मार्ट फोन ब्राण्ड सामसङले हालै ऐ ऐट प्लस स्मार्टफोन बजारमा ल्याएको छ। आकर्षक डिजाइन तथा थुप्रै विशेषता भएको स्मार्टफोन न्यूनतम् मूल्यमा नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

ग्यालेक्सी ए ऐट प्लस मा ६ जिबी (याम, ६४ जिबी इन्टरनल मेमोरी तथा अतिरिक्त मेमोरीकार्डको प्रयोग गरी २५६ जिबीसम्म बढाउन सकिने क्षमता रहेको कम्पनीले जनाएको छ। ‘सामसङको पहिलो डुयल क्यामरा युक्त स्मार्टफोन हो’, कम्पनीले भनेको छ, ‘यसमा ठूलो डिस्प्ले तथा एग्रोनोमिक डिजाइन रहेको छ। यसमा भएका विशेषताहरुले ग्योलेक्सी ए ऐट प्लस फोन अझ बढी आकर्षक, एवं अझ बढी चलाउन सहज छ।’

सामसङ उपभोक्ताका चाहना एवं आवश्यकतालाई पूरा गर्ने खालको उपकरण तयार गर्नेतर्फ केन्द्रित रहेको आइ एम बिज, सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले बताए। उनले उपभोक्ताको रूचीलाई मध्यनजर गर्दै ए ऐट प्लस बजारमा ल्याइएको बताए। उनका अनुसार ए ऐट प्लसमा इन्फिनिटि डिस्प्ले तथा लाइभ फोकसका साथ डुयल क्यामरा रहेको छ।

कम्पनीका अनुसार, ग्यालेक्सी ए ऐट प्लस फोनमा ठूलो स्क्रिन रहेको छ। अगाडि तथा पछाडी एग्रोनोमिक कर्भ ग्लास रहेको छ। आकर्षक ग्लास तथा मेटल फ्रेममा उपलब्ध यो फोनमा सहजै रुपमा हेर्न वा फोनमा भएका सामग्रीहरुसँग सहजै रूपमा अन्तरक्रिया गर्न सकिन्छ। १८ः५ः९ रेसियोको डिस्पेले गर्दा ग्राहकले पूरै स्क्रिनमा सिनेमाको जीवन्त अनुभव प्राप्त गर्न सक्ने छन्।

सामसङ ग्यालेक्सीको ए ऐट प्लसमा १६ मेगा पिक्सल तथा ८ मेगापिक्सलका क्यामरा रहेका छन्। यसमा एफ १।९ को डुयल क्यामराले गर्दा आफूले चाँहेजस्तो सेल्फी खिच्न सकिनेछ। यो सुविधाले गर्दा व्याकग्राउन्ड ब्लर गरी क्लोजअप फोटो खिच्न सकिन्छ। यसमा भएको लाईभ फोकसको विशेषताले गर्दा फोटो खिच्नु अघि वा खिची सकेपछि उच्चस्तरीय फोटो तयार गर्न सकिन्छ। १६ मेगा पिक्सल एफ १।७ रियर क्यामराले गर्दा अध्यारो एवं उज्यालोको अवस्थामा पनि सफा, तथा चहकिलो फोटो खिच्न सकिन्छ। साथै यसमा भएका थुप्रै रमाइला विकल्पहरूको प्रयोग गरी फोटोहरु खिच्न सकिने सुविधा छ। विक्सवाइको सहयोग पनि लिन सकिने छ।

ग्यालेक्सी ए ऐट प्लसमा फोनलाई अनलक नै नगरी मोबाइलमा आएका जानकारीहरूको विवरण प्राप्त गर्न सकिनेछ। यो आइ पी ६८ बाट प्रमाणित छ। धुलो तथा पानी प्रतिरोधी बनेको रहेको पनि कम्पनीले बताएको छ। सामसङको यस सिरिजमा पहिलो पटक गियर भिआर पनि प्रयोग गर्न सकिने छ।

ग्यालेक्सी ए ऐट प्लस कालो र सुनौलो गरी दुई रंगमा नेपाली उपलब्ध बजारमा उपलब्ध छ। यसको प्रबर्द्धनात्मक नेपाली मूल्य ५९ हजार ९ सय ९० रूपैयाँ तोकिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१