जिटिनले गर्यो पर्यटन क्षेत्रसंग सम्बन्धित विभिन्न क्षेत्रका निर्वाचित नव नेतृत्वलाई बधाई तथा सम्मान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ माघ २०७४, बिहीबार ०६:०४

काठमाडौँ । गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन) ले पर्यटन क्षेत्रसंग सम्बन्धित विभिन्न क्षेत्रका निर्वाचित नव नेतृत्वलाई बधाई तथा सम्मान कार्यक्रमको बृहत रुपमा आयोजना गर्यो ।

राजधानीमा मंगलबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा राष्ट्यि योजना आयोगका पूर्वसदस्य डा. गणेश गुरुङले पर्यटन क्षेत्रको विकासका लागि सबैले सहकार्यमा अघि बढ्नुपर्ने बताउनुभयो ।

आयोजक जिटिनका अध्यक्ष कमला गुरुङ, टानका अध्यक्ष नवराज दाहाल, नाट्टाका प्रथम उपाध्यक्ष अच्युत गुरागाई लगायतले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि पूर्वाधार विकास हुनुपर्नेमा जोड दिएका थिए ।

जिटिनले आयोजना गरेको बृहत बधाई तथा सम्मान कार्यक्रममापर्यटन बोर्ड मा मनोनित मनोनित सदस्य पर्यटन व्यवसायी दीपक महत, कृष्णबहादुर महरा, अवधेश दासलाई कार्यक्रममा बधाई तथा सम्मान गरिएको थियो ।

यस्तै नेपाल पर्वतारोहण संघ (एनएमए) , टे्किङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान०, नाटा, नारा, पाटा, एनटिभिए, टुर्गान, मगर सोसाईटी, पर्यटन पत्रकार संघ लगायत विभिन्न पर्यटनसंग संघ संस्थामा नव निर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरीएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१