आधा पिएचडीहोल्डर विदेशमै बस्छन , किन फर्कंदैनन् नेपाल ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ माघ २०७४, आईतवार ०६:४५

काठमाडौँ । करिब ३५ सय नेपालीले विद्यावारिधि गरेका छन् । तर, सबैको विज्ञता देश सेवामा प्रयोग हुन सकेको छैन । आधाभन्दा धेरै पिएचडीहोल्डर विदेश भासिएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

पछिल्ला १० वर्षमा मात्रै करिब १५ सय नेपालीले पिएचडी गरेका छन् । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार नेपाल र विदेशबाट गरी हालसम्म करिब ३५ सयले पिएचडी गरिसकेका छन् । पछिल्लो १० वर्षमा पिएचडी गर्नेको संख्यामा राम्रै वृद्धि भएको हो ।

०६३ सम्म दुई हजार नेपालीले पिएचडी गरेका थिए । ०६३ देखि ०७३ सम्ममा यो संख्या बढेर ३ हजार ५ सयको हाराहारीमा पुग्यो ।
पिएचडी गरेकामध्ये करिब ५० प्रतिशत त विदेशमै बस्छन् । विदेश गएर पिएचडी गरिसकेपछि त्यतै अवसर पाउने हुनाले धेरै फर्किएर नेपाल आउन चाहन्नन् ।

पिएचडी एसोसिएसनका पूर्वअध्यक्ष बालचन्द्र मिश्र भन्छन्, ‘विदेशमा राम्रो अवसर पाउने भएकाले धेरै उतै बस्छन् । केही नेपालबाट पनि पलायन भएका छन् ।’ उनका अनुसार हाल १ हजार ५ सय देखि १ हजार ७ सयसम्म पिएचडीहोल्डर नेपाली विदेशमा छन् । तर, यकिन तथ्यांक कुनै पनि निकायसँग छैन । शिक्षा मन्त्रालयले विभूषित हुनेको नाम जम्मा गर्न सुरु गरे पनि कति नेपालमा बस्छन् र कति विदेशमा भन्ने तथ्यांक कसैसँग छैन । अनुमानका आधारमा सो संख्या आकलन गरिएको डा। मिश्र बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१