मानिसहरु किन देब्रेहाते हुन्छन् ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ माघ २०७४, शुक्रबार १२:३०

संसारमा करिब ९० प्रतिशत मानिसहरु दाईनेहाते हुन्छन् । बाँकी १० प्रतिशत भने देब्रेहाते हुन्छन् । किन यस्तो हुन्छ ? आजसम्म वैज्ञानिकहरुले यसकोबारेमा सत्य तथ्य पत्ता लगाउन सकेका छैनन् ।

यदि आमा देर्बेहाते छिन् भने उसको कुनै बच्चा देब्रे हाते हुने अध्ययनले देखाएको छ । त्यस्तै ६७ प्रतिशत जुम्ल्याह मात्रै देब्रे हाते हुने देखिएको छ । एक अर्को अध्ययनले कुनै व्यक्ति देबे्रहाते हुने की दाईनेहाते भन्नेकुरा जिनमा मात्रै निर्भर नहुने बताएको छ । पुरुषमा बढि मात्रामा ‘टेस्टोल टेरोन’ हर्मोन बढि मात्रामा उत्पादन हुने भएकाले महिलाहरु भन्दा २ देखि ४ प्रतिशतसम्म बढि हुने विभिन्न अनुसन्धानहरुले देखाएको छ ।

जीनको मात्रै दोष नहुने विभिन्न अनुसन्धानले बताएपनि यू.एस.नेसनल क्यान्सर इन्स्टिच्युट लेबोरेटरीका जीन विशेषज्ञ डा. अमर जे.एस.क्लारले भने धेरैजसो व्यक्तिमा विशेष प्रभावशाली जीन हुने र यसले ‘राइट ह्यान्डेड’ बनाउन अहम् भूमिका खेल्ने, तर केही व्यक्तिमा भने राइट ह्यान्डेड जीनको अभाव हुने बताएका छन् ।

युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाका मनोचिकित्सक डा. स्टेनले कोरेनले भने जीनको आधारमा देब्रेहाते हुनु अपवादजस्तै हुने र कमै व्यक्तिमा यो लागू हुने बताएका छन् । यसबारेमा उनी तीन वर्षदेखि खोज–अनुसन्धान गरिरहेका छन् ।

गर्भावस्थाको समयमा आमामा परेको तनावको असर पेटमा भएको बच्चामा पर्ने तर्क डा. कोरेनको छ । तर पनि देब्रेहाते हुनुमा ‘जेनेटिक्स’ एवम् भ्रुणमा परेको प्रभाव दुवै जिम्मेवार रहने शोधकर्ताहरूको बताएका छन् । दायाँ हातले काम गर्नेहरूको मस्तिष्कको बायाँ हेमिस्फेयर र बायाँ हातले काम गर्नेहरूको मस्तिष्कको दायाँ हेमिस्फेयर सक्रिय विभिन्न अनुसन्धानले देखाएको छ ।

देब्रेहातेहरूमा संवेदनशीलता बढी हुने र कुनै कुरा तुरुन्त सम्झन सक्ने क्षमता पनि हुने बताइएको छ । वैज्ञानिक आइज्याक न्युटन र अमेरिकी राष्ट्रपति बाराक ओबामासमेत देब्रेहाते हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१