यस्ता छन् हिन्दू धर्मसम्बन्धी केही रोचक तथ्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० माघ २०७४, बुधबार ०४:४८

काठमाडौं । हरेक धर्मको आफ्नो फरक इतिहास हुन्छ र प्रत्येक धर्ममा भएको कुराले उसलाई अन्य धर्मभन्दा भिन्न गराउँछ । हिन्दू धर्म संसारको प्राचीनतम धर्ममध्येको एक हो । यो पुरानो धर्मसम्बन्धी केही रोचक तथ्य हामी यहाँ प्रस्तुत गर्दैछौं।

संसारको जनसंख्यामा हिन्दूहरूको संख्या १३.८ प्रतिशत छ। हिन्दू धर्मको परम्परालाई अघि बढाउन तथा यसको प्रचारप्रसारका लागि धेरै ऋषिमुनिहरूको योगदान छ। यही दिनदेखि ठ्याक्कै यो धर्म शुरु भयो भन्न सकिँदैन।

संसारमा सबभन्दा धेरै अनुयायी भएको धर्म क्रिस्चियानिटी हो भने इस्लाम दोस्रो नम्बरमा आउँछ । त्यसपछिको ठूलो धर्म हिन्दू नै हो।

हिन्दू धर्ममा ३३ करोड देवीदेवताको आराधना गर्ने परम्परा छ। हिन्दू धर्मको महत्त्वपूर्ण ग्रन्थ महाभारत संसारकै सबभन्दा लामो काव्य हो । यसमा एक लाख असी हजार शब्द छन्।

हिन्दू धर्ममा १०८ अंकको उच्च स्थान छ। यसलाई पवित्र मानिन्छ । एक सय आठवटा दाना भएको मालाबाट जप गर्दा फल पाइने विश्वास छ।

हिन्दू धर्मको ग्रन्थ ऋग्वेद संसारकै सबभन्दा प्राचीन ग्रन्थ हो।हिन्दू धर्म मात्र शायद यस्तो धर्म हो जसमा देवी र देवतालाई समान रूपमा आस्था र सम्मानपूर्वक पूजा गरिन्छ।

भारत र नेपालमा भएका केही मन्दिर हजार वर्षभन्दा पनि पुराना छन्।संसारभरि लोकप्रिय रहेको योग, प्राणायाम, अंकज्योतिष, हस्तकला र वास्तु संसारभरि प्रसिद्ध छ र यिनीहरू हिन्दूधर्मकै उपज हुन्। हिन्दू धर्ममा मात्र नास्तिकतालाई पनि स्वीकार गरिएको छ। चार्वाक दर्शन प्राचीन दर्शन हो। अन्य प्रमुख धर्ममा नास्तिकलाई मृत्यदण्डको विधान थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१