जीवन सफल बनाउने १० महत्वपूर्ण महान सूत्र यस्तो छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० माघ २०७४, बुधबार ०४:२६

सफलता हरेक मानिस चाहान्छन् । सफल र सार्थक कुन चाँही हो भन्नेकुरा संसारलाई हेर्ने आ–आफ्नो दृष्टिकोणमा भरपर्छ । तर मानिस जसरी हुन्छ सफल हुन चाहान्छन् । दैनिक जीवन व्यवहारका साधारण कुराहरुले नै मानिसलाई सफल र असफल बनाउँछ । हामीले सोच्दै नसोचको साधारण कुराहरुनै सफलताको कुल योग हो । त्यसैले सफल हुनका लागि निम्न १० कुराहरुमा ध्यान दिनुहोस् ः

१. सानो होस् वा ठूलो यति तपाईलाई त्यो काम ठिक लाग्छ भने निरन्तर गरिरहनुहोस् । निरन्तरताको अथक लगनबिना सफलता हात लाग्दैन ।

२. एउटा विश्व प्रसिद्ध भनाई छ, ‘हरेक सफल मानिस कुनै फरक काम गरेर सफल भएका हुँदैनन् । उनीहरु रहेक काम फरक ढंगले गर्छन् । त्यसैले कुनैकाममा तपाई हुनुहुन्छ भने अरुले नगरेको नयाँ तरिकाले गर्नेतिर सोच्न थाल्नुहोस् । सफलता तपाईको हात लाग्नेछ ।

३. कुनै काम गर्ने छाड्ने गर्नु हुन्छ भने सावधान रहनुस् तपाईले प्राप्त गर्ने अन्तिममा चरम निराशामात्रै हो । त्यसकारण दिगो भएर कुनै काम गर्नुहोस् । धेरै बहकिने, लहडमा हिड्ने नगर्नुहोस् ।

४. हामी प्राय दिनभर काम गरेपछि बेलुकी कि त सुत्छौं कि मदिरापानमा डुब्न थाल्छौं । तर तपाईले दिनभरि गर्नु भएको कामको समिक्षा बेलुकी सुत्नुभन्दा अघि एकैछिन गम्भिर भएर गर्ने र भोलीका लागि केही नयाँ सोंच निकालेर अघि बढ्ने गर्नुभयो भने सफलता तपाई भन्दा धेरै टाढा नहुनसक्छ ।

५. आत्मबल मानिसको सबैभन्दा ठूलो सम्पति हो । आत्मबल कमजोर भएको मानिसले जीवनमा केहीपनि गर्न सक्दैन । आत्मबल नै यस्तो तागत हो जसले तपाईलाई उन्नतिको शिखरमा पु¥याइदिन सक्छ । त्यसैले आत्मबल कमजोर कहिल्यै नबनाउँनुहोस् ।

६. निरन्तर चिन्तन गनुृहोस् । हामी सबैको बानी चिन्तन गर्ने भन्दा चिन्ता गर्नेतिर बढि हुन्छ । भनिन्छ मानिसलाई चिन्ताले चितामा पु¥याउछ र चिन्तनले सफलताको शिखरमा पु¥याउँछ । चिन्तन बिनाको मानिस समाजमा फोस्रो व्यक्तिका रुपमा सिमित हुन्छ ।

७. सहयोगी बन्नुहोस् । मानिस पुन्य कमाउनका लागि धाम जान्छन् । मन्दिरमा गएर पुजा अजर्ना गर्छन् । तर त्यही मन्दिरको बाहिर हात फिँजाईरहेका असहाय व्यक्तिहरुलाई कुल्चेर हिड्छन् । त्यसले तपाईको मनमा मानवीय दुःखलाई हेरेर साथ दिने भन्दा अलौकिक वस्तुप्रतिको मोह देखाउँछ । यसले तपाईलाई खोक्रो व्यक्ति बनाउछ । त्यसकारण सहयोगी भावना सदा मनमा लिनुहोस् ।

८. अनुशासित हुनुहोस् । मानिसहरु अनुशासनलाई व्यवास्था गर्छन् । तर अनुशासन नै त्यस्तो हतियार हो जसले तपाईलाई सभ्य नागरिकको दर्जा त दिन्छ नै साथमा उ स्वयम् पनि सफलताको शिखर तर्फ अघि बढिरहेको हुन्छ ।

९. सपना देख्न नछाड्नुहोस् । मानिसले जुन दिन सपना देख्न छाड्न त्यसदिन देखि उ जिउँदो भएपछि मरेतुल्य हुन्छ । बिष पिलाएर मृत्युदण्ड दिने घोषणा भइसकेको थियो । तर शुकरात भने किताब पढ्दै थिए । मृत्युदण्डका लागि लैजान खोज्दा एक पाना त पढुँ भन्थे । उनी महान दार्शनिक मने । यसरी सपनाको मृत्यु दुनियाँमा सबैभन्दा खतरनाक हो ।

१०. समाजको सही विचारधारा अग्लाल्नुहोस् । संसारलाई हेर्ने विभिन्न दृष्टिकोणहरु हुन्छन् । त्यसमध्ये बहुसंख्यक मानिसको हित हुने विचारलाई अंगाल्नुहोस् । सत्यताको नजिक रहेको बिचार अंगाल्नु भयो भने तपाईको जीवन अध्यारोबाट उज्यालो तर्फ अघि बढ्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०