गायक एवं संगीतकार सरोज गोपाल बज्राचार्यको निधन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ श्रावण २०७१, बिहीबार १३:५०

काठमाडौँ ,२९ साउन । गायक एवं संगीतकार सरोज गोपाल बज्राचार्यको निधन भएको छ । बुधबारसम्म सकुशल रहेको भए तापनि बिहिबार बिहान पोखरा १ बागबजारस्थित आफ्नै निवासमा बज्रचार्यको निधन भएको हो । ६४ बर्षीय गायक बज्राचार्यको हृदयघातको कारण निधन भएको बताइएको छ ।Saroj gopal bajracharya-in२००७ साल जेठ २० गते पोखरामा जन्मेका बज्राचार्यले २८ सालदेखि रेडियो नेपालमा गीत गाउन थालेका थिए । सांगितिक परिवारमै हुर्किएका उनले १० वटा जति गीत रेकर्ड गराएका छन । जसमध्ये देउराली उकाली चढेर, नक्कलीलाई भगाई लग्यो झिल्केले, मायालुको मोहनी बोली, करोड मुटुहरुको एउटै ढुकढुकी नेपाल लगायत चर्चित छन । उनको श्रीमति बाबा राणा पनि गायिका हुन । एक छोरा र एक छोरी रहेको बज्राचार्यले जीवनको सम्पुर्ण समय पोखरामा नै बिताएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१