अपाङ्गता मैत्री बिघालय भवन सिलान्याश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ माघ २०७४, शुक्रबार ०६:४०

काठमाडौ । नेपाल अपाङगता पुनस्थापना केन्द्र अपाङगता भएका व्यक्ति सरक्षणको लागी भवन बनाउने भएको छ । विहीबार काठमाडौको तारकेश्वर नगरपालीका ६ बस्नेतटारमा बन्ने भवनको शिलान्यास गरिएको छ ।बिष्णु प्रसाद आचार्य को सभापति मा प्रमुख अतिथि रक्षामन्त्री भीमसेनदास प्रधान, बिशेश अतिथि हरू प्रदेशसभा सदस्य प्रभात लामा, तारेकश्वर नगरपालीकाका मेयर रामेश्वर वोहरा, काठमाडौं का सायक प्रमुख जिल्ला अधिकारी बासु देब घिमिरे ,नेपालमा लामो समयदेखि सामाजीक श्रेत्रमा काम गर्दै आएका कोरियाली डा किमले भवनको संयुक्त शिलान्यास गरे । पुनस्थापना केन्द्रले भवन निर्माणपछी धेरै अपाङगता भएका व्यक्तिहरुलाई संरक्षका साथै, शिक्षा स्वास्थ, तालीम रोजगारलगायतका व्यवस्था मिलाईने सस्थाका अध्यक्ष विष्णप्रसाद आर्चायले बताए । कार्यक्रममा सस्थाका उपाध्यक्ष प्रकाश घिमीरेले स्वागत मन्तव्य राखेका थिए । सिलान्याश कार्यक्रममा सामाजीक श्रेत्रमा लामो समयदेखि क्रियाशील विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । पुनस्थापना केन्द्रले सामाजीक सस्था स्वर्गीय धनकुमारी प्रतिष्ठानका संरक्षकहरु रामचन्द्र घिमिरे र पार्वती घिमीरेलाई सम्मान गरेको हो । यस्तै कोरियाली डा किम, अक्कल समाजसेवीहरु अक्कल तामाङ, राजु भट्ट, रामबहादुर थापा पनि सम्मानीत भएका छन् । कार्यक्रममा नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनका सदस्य भरत गौतम, मुलुकमा पहिलोपटक निजी श्रेत्रबाट बिद्युत उत्पादन गर्ने संस्थाका कृष्णप्रसाद भण्डारी, राजा विरेन्द्र प्रतिष्ठानका अध्यक्ष शिवहरी खनाल, समाजसेवी राजु भट्ट, तारकेश्वर नगरपालीका ६ का वडा अध्यक्ष मधुकार्कीलगायतको सहभागीता थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, चैत्र ६, २०८०