नक्कली नागरिकता सिफारिस गर्ने वडाअध्यक्ष हिरासतमा,सहायक प्रजिअ बयानका लागि तानिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ माघ २०७४, शुक्रबार ०६:१६

रामेछाप ।  झुटा विवरण दिइ नागरिकता लिने र दिलाउन सिफारिस गर्ने वडाध्यक्षसहितलाई प्रहरीले हिसासतमा लिइ अनुसन्धान थालेको छ ।

रामेछापको भुजि ७ को निशान सुनुवारको नाम राखि नागरिकता लिने काठमाडौंका निशान जोशी, उनलाई नागरिकता लिनका लागि योजना बनाउने भुजिका हरि सुनुवार र आमा बन्ने दुनिमाया सुनुवार, सिफारिस दिने वडाध्यक्ष रुद्रमणि नेवार र वडासचिव केशर खत्रीलाई हिरासतमा राखि अनुसन्धान अघि बढाइएको हो ।

गलत व्यक्तिलाई नागरिकता दिने तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी सीताराम बयानका लागि तानिएका छन् । थापा हाल काभ्रे जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत छन् ।

रामेछापको उमाकुण्ड गाउँपालिका ७ भुजिको ठेगाना बनाइ काठमाण्डौंका निशान जोशीले गएको जेठ २१ गते नागरिकता लिएका थिए । नागरिकतामा निशानले सुनुवार थर राखेको र उनलाई आफ्नो छोरा भएको भन्दै दुनिमाया सुनुवारले सनाखत गरेकी थिइन् । वडाको सिफारिस र सनाखतका आधारमा तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी सीताराम थापाले निशान सुनुवारको नामको नागरिकता जारी गरेका थिए ।

जोशीका बावु र आमाको ठेगान थिएन । उनी बेलायती सेनामा भर्तिका लागि तालिमका लागि धरान पुग्दा भुजिका हरि सुनुवार भेट भएका थिए । सुनुवारले नागरिकता बनाउन योजना वनाइ दुनिमायालाई छोरा स्वीकार्न लगाएका थिए । निर्वाचित वडाध्यक्ष रुद्रमणि नेवारले उनको नागरिकताका लागि सिफारिस गरेका थिए ।
गलत मानिसलाई नागरिकता दिएको भन्दै कारबाहीको लागि गृहमन्त्रालयमा स्थानीय खिपबहादुर सुनुवारले उजुरी दर्ता गराएपछि उक्त घटना सार्वजनिक भएको हो । खिपबहादुर नाताले दुनिमायाका बहिनी ज्वाइँ हुन् ।
निशानलाई दुनिमायाको छोरा भनेर नागरिकता बनाउन सिफारिस दिने वडाध्यक्ष नेवारले आफुलाई नियतवस फसाइएको बताएका छन् । मैले सिफारिस दिने बेलामा सोधेको थिए, निशानले १६ वर्षसम्म काठमाण्डौंमै बसेकोले चिन्न गाह्रो भएको होला भनेर भन्यो नेवारले भने–शैक्षिक प्रमाणपत्र र आमाबावुको नागरिकताको आधारमा सिफारिस गरेको हुँ । ‘म त फसें फसें भोलिका दिनमा अरु वडाध्यक्षहरुले यस प्रकारका सिफारिस गर्दा सचेत हुनुपर्ने भयो’उनले भने ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाका अनुसार झुटा नागरिकता प्रकरणमा मुछिएका सबैलाई थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, चैत्र ६, २०८०