के सलमानको फिल्ममा काम गर्दैछिन् जेनिशा केसी ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ माघ २०७४, शुक्रबार ०५:४८

नेपाली चलचित्रमा खासै सफल हुन नसकेपछि बलिउडमा जम्ने सोचका साथ नायिका जेनिशा केसी लामो समयदेखि मुम्बइमा छिन् । उनले, मुम्बइ पुगेर बलिउड चलचित्रमा काम गर्न संघर्ष गरिरहेकी छिन् । यो विचमा उनले केहि भोजपुरी चलचित्रमा पनि काम गरेकी छिन् ।

उनै, नायिकाले बलिउडका सुपरस्टार नायक सलमान खानसँग भेट गरेकी छिन् । जेनिशाले सलमानसँगको भेटलाई विशेष भनेकी छिन्। फेसबुकमा स्टाटस लेख्दै नेपाली सुन्दरीले यो भेटको कारण चाडै नै शेयर गर्ने समेत लेखेकी छिन् ।

सलमानसँगको भेटको अवसर भने बलिउडका अर्का नायक मिथुन चक्रवर्तीले मिलाइदिएका हुन् । सलमानले जेनिशालाई नेपाली चलचित्र, उनले काम गरेका चलचित्रको बारेमा सोधेका थिए ।

के तपाई सलमानसँग काम गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा जेनिशाले अहिले नै केहि बताउन नमिल्ने बताइन् । तर, सलमानसँगको यो भेट तस्बिर खिच्नकै लागि मात्र नभएको जेनिशाको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१